पश्चिमी सिमा गड्डाचौकीमा नेपालको राष्ट्रिय झण्डा फहरायो (फोटो फिचर)

  • जेठ १६, २०७७
  • कालापानी मिडिया
alt

डिल्लीराज पन्त,कञ्चनपुर । नेपाल-भारत जोड्ने पश्चिमी नाका गड्डाचौकीमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ । बिहीबार् सुदूरपश्चिम प्रदेश कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा राष्ट्रिय झण्डा फहराएको हो ।

99285182_3108611252509715_8136935638147530752_n

भारतको राजधानी दिल्लीसंगको नजिक ३ सय ७९ किलोमिटर दुरीमा रहेको नेपाल प्रवेशद्वार गड्डाचौकीमा राष्ट्रिय झण्डा स्थापना गरिएको छ । भीमदत्त नगरपालिकाले ७७ फिट अग्लो स्तुभमा राष्ट्रिय झण्डा राखिएको छ । यस कार्यलाई ७७ वटै जिल्लाको प्रतिनिधित्व सहित ७ सय ५३ स्थानीय तह र भारतसंग सीमा जोडिएका मुख्य प्रवेसद्वार मध्येको एक ऐतिहासिक कार्य मानिएको छ ।

100104774_3108569812513859_5840931325267148800_n 1

यस अघि भारतमा अंग्रेज शासनकै समयमा सन १९२८ तिर महाकाली नदीमा निर्माण भएको शारदा ब्यारेजमा नेपालर भारत को संयुक्त रुपमा दुवै देशका राष्ट्रिय झण्डा थिए । भारतले पुल निर्माण भएको केही बर्षपछि नेपालको झण्डा हटाएको थियो । शारदा ब्यारेजमा राखिएको झण्डा पछि पश्चिम नेपालको प्रवेसद्वारमा पहिलो पटक राष्ट्रिय झण्डा स्थापना गरिए संगै यस क्षेत्रको सिमामा वस्ने नेपालिले समेत आफु सुरक्षित रहको महसुस गरीने वताएका छन ।

100701390_3108564229181084_2565163247531458560_n

प्रमुख जिल्ला अधिकारी संगै झण्डोत्तोलन गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले देशका ७७ जिल्लालाई सम्बोधन गर्ने हिसाबले पश्चिम नेपालको गड्डाचौकीमा नेपालको झण्डा स्थापना गरेको बताए । मेयर विष्टले झण्डा राखिएको क्षेत्रमा पार्क निर्माण गरिने छ । जन्मभूमिको यादले नेपालीलाई थप राष्ट्रियताको भावना जागृत हुने भन्दै यस क्षेत्रलाई थप सुजज्जीत र सुरक्षित राख्नका लागी नगरपालिका वाट आउदो आर्थिक वर्ष भित्रै बजेट विनियोजन गर्ने प्रतिवद्धता दिएका छन ।

101375388_3108611149176392_6043413113145917440_n

झण्डाको सुरक्षा सशस्त्र प्रहरीले बलले गर्ने छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले सुरक्षा एव रेखदेख गर्ने छ । झण्डात्तोलन कार्यक्रममा सशस्त्र प्रहरी बलले नै त्यहाँ बैण्ड मार्फत राष्ट्रिय धुन बजाएका थिए ।

98358962_3108569892513851_8503903777131069440_n

विदेशबाट स्वदेश फर्किने नेपालीलाई यो चन्द्र सुर्य अंकित नेपालको भण्डा देख्ने वितिक्कै खुसी महसुस गर्ने छन र हरेक नेपालीले झण्डा अवलोकन गर्दै आफुहरु मातृभुभि पुगीसकेको भान सहित हर्षले गदगद् हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

Capture 5

नेपाल–भारत कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी सीमा क्षेत्रमा ८०५/१(७) सीमा पिलर पश्चिम तर्फ भारतले केही बर्ष अघि गेट निर्माण गरेको थियो । नेपालले पनि अहिले झण्डा स्थापना गरेसंगै दुवै देशको पहिचान झल्किएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved