खुले काठमाडौंका पसलहरु (फोटो फिचर)

  • जेठ २२, २०७७
  • कालापानी मिडिया
alt

२२ जेठ, काठमाडौं । काठमाडौंका व्यापारीहरुले सबै प्रकारका पसलहरु खुला गरेका छन् । उनिहरुले बिहीबार विहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका पसलहरु खुला गरेका हुन्।

Sequence 02.00_39_30_16.Still014

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेसंगै सबै व्यापारीहरुले पसलहरु खुला गरेका हुन् । कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।

Sequence 02.00_40_02_20.Still013

आजबाट दैनिक विहान ११ बजेसम्म सबै पसलहरु खुला हुने महासंगले जनाएको छ । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता भने अपनाइने महासंघको भनाइ छ ।

Sequence 02.00_39_54_12.Still012

लामो समयसदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेक कारण पसल व्यवसाय खोल्न बाध्य भएको महासंघको भनाइ छ ।

Sequence 02.00_22_31_11.Still007

बानेश्वरलगायत क्षेत्रहरुमा विहानै पसल खोल्न पुगेका केही व्यवसायीहरुलाई भने प्रहरीले फर्काइदिएको छ । जबर्जस्ती खोले बल प्रयोग गर्ने प्रहरीको चेतावनी पछि वानेश्वर लगायतका केही क्षेत्रका पसलहरु भने खुल्न बाँकी रहेको महासंघले बताएको छ ।

Sequence 02.00_15_26_12.Still001

यद्यपि, आजै सबै क्षेत्रका पसलहरु खुला गर्ने महासंघले बताएको छ । ‘अहिले न्युरोड, इन्द्रचोक, भोटेबहाल, कोटेश्वर लगायतका धेरै ठाउँका पसलहरु खुला भइसकेको छन् ।

Sequence 02.00_15_57_07.Still002 Sequence 02.00_23_50_15.Still008

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved