स्थानीय प्रशासनसँगको मिलोमतोमा नदी उत्खनन

  • जेठ २३, २०७७
  • कालापानी मिडिया
alt

मुकेशकुमार यादव,सिरहा । सिरहामा लकडाउनको मौका छोपी क्रसर तस्करहरुले अवैध रूपमा कमला नदीमा उत्खनन् गरिरहेको छ ।  सिरहा र धनुषाको बिच सिमामा रहेको कमला नदिबाट व्यापक उत्खनन हुन थालेपछि त्यस आसपासका बस्ति जोखिममा पर्ने संभावना बढेर गएको छ ।

101674979_1946781552122588_1129336344535891968_n

सिरहाको पूर्वी तटबन्ध अन्तर्गत कर्जन्हा नगरपालिका वडा ६ अन्तर्गतको सो क्षेत्रमा विगत एक हप्तादेखि गैरकानुनी रुपमा उत्खनन् गर्दा समेत सम्बन्धित निकायले चासो नदेखाएको प्रति स्थानीय आक्रोशित भएका छन् ।  स्थानीय प्रशासनको मौन समर्थनको बाबजुद उत्खनन् गरिरहेको स्काइभेटरलाई रोक्न जाँदा ढुंगा गिट्टी उत्खनन् गर्ने तस्करहरुले लखेटेको स्थानीयको आरोप छ । स्थानीय सुरेश यादवका अनुसार नदीमा उत्खनन रोक्न प्रशासनलाई गुहार माग्दा समेत उत्खनन् रोकिएन ।

101672155_709592093138593_6192084810551263232_n

स्थानीय प्रशासनसँग तस्करहरुको मिलोमतोको कारण आफूहरु बाढीको ढुवानमा पर्ने खतरा मात्र बढेको छैन सयौं विघा खेती योग्य जग्गा बगरमा परिणत हुने उनीहरुको दुःखेसो छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक सन्तुलाल जयसवालले नदिमा स्काभेटर लगेको सूचना पाउनसाथ नदी उत्खनन रोकिएको दावी गरे यद्यपि संचारकर्मी नदीमा पुग्दा ठूलो संख्यामा टिफर, स्काभेटर र लोडरले गिट्टी बालुवा उत्खनन गरिरहेको देखिन्थ्यो ।

100996787_237901600844893_3350218827550949376_n

यता जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजराज गुरागाईँले स्काइभेटर लगाएर उत्खनन् गर्नु नियमविपरित भएको वताउनुभयो । यद्यपि उत्खनन् हालसम्म जारी रहेको छ । सिरहा कर्जन्हा नगरपालीकाका नगर प्रमुख गंगा पासवानलाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन । धनुषा तर्फका गणेशमान चारनाथ नगरपालीकाका प्रमुख रामबाबु यादवले जिल्ला विकास समितिको समन्वयमा स्काभेटर आएको बताए ।

101553193_2632999936920315_4951656263571210240_n

कमला नदीको जथाभावी उत्खनन्कै कारण बेला बेलामा कमला नदीको सिरहाको तर्फको बाँध फुट्दा सिरहातर्फ जनधनको क्षति हुँदै आएको छ । जथाभावी उत्खनन्कै कारण केही वर्ष सिरहाको पूर्वी तटबन्ध अन्तर्गत भोक्राहामा बाँध फुट्दा कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका, सिरहा नगरपालिका लगायतका ठाउँहरु डुबानमा मात्र परेनन् दुई जनाले ज्यान समेत गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved