फोटो खिच्न मनाइने , धान दिवसको कामै छैन

  • असार १६, २०७८
  • कालापानी मिडिया
alt

  •  जगत प्रकाश जोशी

गरिखाने किसान दाइको,
हातमा सुको दामै छैन ।

फोटो खिच्न मनाइने ,
धान दिवसको कामै छैन ।।
करोडौंको जीरा चामल,
बिदेश बाट भित्रिदैछ ।
स्वदेशको मोटो धान त,
भुसको भाउ फालिदैछ ।।
कार्यकर्ता पाल्ने कृषि
अनुदानको कामै छैन ।
गरिखाने किसान दाइको ,
हातमा सुको दामै छैन ।।

रोपाइँ छ आजभोलि,
खेतमा होइन फेसबुकमा ।
म त देख्छु किसान दाइको ,
जिन्दगानी दुखै दुस्खमा ।।
बर्षौ भयो भत्केकै छ ,
गैरीखेतमा आउने कुलो ।
आकाशे यो खेतीबाट ,
कुन्नि १ कति जल्छ चुलो ।।
कृषि प्रधान देश भन्ने,
भासणको त कामै छैन ।
गरिखाने किसान दाइको,
हातमा सुको दामै छैन ।।

बिना खेतका किसानले त,
सिंहदरबार धाएकै छन् ।
अनुदाने किसानको त,
लुगा पनि सुकिलै छन् ।।
वास्तविक त्यो किसान दाइको ,
छाना अझै चुहिदै छ ।
फाटेको त्यो जामा बाट ,
उदाङ्गै आङ देखिदै छ ।।
नेता खाने जनता हेर्ने,
कुसंस्कार को कामै छैन ।
भोट हाल्ने जनताको ,
हातमा सुको दामै छैन ।।
फोटो खिच्न मनाइने ,
धान दिवसको कामै छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धनगढीबाट उडेको श्री ...

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरह ...

कथा वाचक शितल कृष्ण ...

काठमाडौं । भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति ...

भूमि वितरण र राजस्व ...

काठमाडौं । सरकार सस्तो लोकप्रियताकै लागि जग्गा बाँड्ने नै योजना ल्याउँछ र सार्वजनिक तथा सरकारी जमिनम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved