मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपाली बजारमा, युवा पुस्ताको आकर्षण

  • श्रावण ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपाली बजारमा भित्र्याएको छ । नेपाली बजारमा छोटो समयमा मोटरहेड ब्राण्डको बाइकप्रति ग्राहकको आकर्षण बढिरहेको छ । यो अपग्रेडेड भर्सनको बाइक अझै बढी लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स छ ।

 

पहिले यो बाइकको मूल्य २ लाख ८८ हजार रुपैयाँ रहेकोमा अब अपग्रेड पश्चात यसको मूल्य २ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । युवा पुस्ताको रोजाईमा रहेको मोटरहेडको स्क्र्याम्ब्लर २५० बाइक पनि उपलब्ध भएको छ । पहिले यसको स्टक क्लियरेन्स भएकोमा अब फेरि नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको हो ।

 
 
 

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टायर र स्पोर्ट्स रोड टायरको मूल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार रुपैयाँ पर्छ ।

काठमाडौं उपत्यकाको धोवीघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा रहेको थ्रीएस सेन्टरमार्फत यी बाइक प्राप्त गर्न सकिने छ । धादिङ, कावासोती, विर्तामोड र मन्थलीमा पनि छिट्टै नै कम्पनीको नयाँ सोरुम स्थापना गर्ने तयारी छ ।

यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि विभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved