हाम्रा नेताहरुको भद्दा राजनीति,पार्टीप्रत्तिको निष्ठा कि अवसरको खोजी ?

सरकार चाहिएको बेला एमाले, पार्टी चाहिएको बेला माओवादी केन्द्र

  • श्रावण १५, २०७८
  • कालापानी मिडिया
alt

अनुपमा जेशी

आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले गत असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिरसहित पूर्व माओवादीबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका छन् ।

गत फागुन २३ गते सर्वोच्चको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि उनीहरू माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादी केन्द्रले पार्टीको विधान विपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गर्योे । तर, त्यतिबेला उनीहरुले आफूहरु एकता पक्षधर रहेकाले सांसद पद गए पनि एमाले नछोड्ने अडान लिए । तत्कालिन उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले त आफुहरु एकतामा केपी कित्तामा लागेको भन्दै हिजोको विचार, हिजोको एकता, हिजोको नेतृत्वमा रहनै पर्छ भन्ने नभएको पत्रकार सम्मेलनमै भनेका थिए । तर, ति सबै विचार र इमानदारिता मन्त्रालयको घुम्ने कुर्सी र करोडौका गाडिमै सिमित रह्यो ।

१२ वर्षे जनयुद्ध गरेर दिल्लीमा १२ बुँदे शान्ति गर्दै शान्ति प्रकृयामा आएको माओवादी अहिले छिन्नभिन्न अवस्थामा छ । मोहन बैद्यको एउटा कित्ता संसदीय व्यवस्था नै नमान्ने भन्दै मूलधारको राजनीतिबाट टाढै बसेको छ । तत्कालीन माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईनै यतिवेला जनता समाजबादी पार्टीमा छन् । त्यहि माओवादीका सुप्रिम कमाण्डर नेत्रबिक्रम चन्द विप्लप भुमिगत हुँदै अहिले फेरी मूलधारको राजनीतिमा आफूलाई समाहित गरेका छन् । उनी अहिले कहिले कम्युनिष्ट त कहिले प्रजातान्त्रिक नेताहरुसँग भेटघाट गरी आफ्ना मुद्धा सल्टाउनका साथै कम्युनिष्ट एकता आवश्यकता रहेको बताउन थालेका छन् ।

कम्युनिष्टको राजनीति र माओवादीले रोजेको बाटो यहि थियो आज आम प्रश्न बनेको छ । मन्त्री पद र गाडी सेवा सुबिधाका लागी जस्तोसुकै हर्कत गर्न पछि नपर्ने अनि पद र प्रतिष्ठा गुमेपछि अनेक वितन्डा गर्ने नेपाली राजनीतिका पात्रहरुमको समूहमा पछिल्ला यी चार पात्रपनि देखिएका छन् । मन्त्री पद खुस्केपछि कहिले पार्टी खारेजीको माग गर्दै हिड्ने त कहिले सांसद पद चहियो भन्दै हिड्ने ? मन्त्रालयमा रहदासम्म माओवादी र पार्टी नेतृत्वलाई तथानाम गालि गलौच गर्दै आफुलाई दुधले धोएको चोको भन्ने पुर्व माओवादी अर्थात चार नेताहरुको व्यवहारले अहिले यहि स्पष्ट गरेको छ, उनिहरु अवसरवादी हुन् । जता अवसर भेट्यो त्यहि दौडिने । होइन भने हिजोका दिनमा केपी ओलीको नेतृत्व छाड्न नसक्ने भन्दै गर्नीनेहरु आज आएर कुन मुखले फेरी हामी माओवादी नै है भन्दै छाती पिटिरहेका छन् ।

उसो त, करिब डेढ महिना अघि पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले प्रेस विज्ञप्ती जारी नै गरे र भने ‘म नेकपा माओवादी केन्द्रमा फर्किन लागेको भनेर भ्रमपूर्ण हल्ला चलाइयो, मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ भनेर अभिव्यक्ति दिएका थिए । साथै उनले सोही विज्ञप्तीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा रहेको पदलोपता, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण पार्टी विघटनको दिशामा अघि बढेको आरोप लगाएका थिए ।

उनले आफू केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा औपचारिक रुपमा प्रवेश नगरेको जिकिर रिटमा गरेका थिए तर, उनीसहित लेखराज भट्ट, प्रभु साह, नेता मणी शाह, गौरीशंकर चौधरी र रामबहादुर थापाबादल लगायत पाँच पूर्वमाओवादी नेतालाई ओली नेतृत्वको एमालेले स्थायी कमिटीमा मनोनित गरेपछि मात्रै माओवादी केन्द्रले कारबाहीको प्रक्रिया अघि बढाएको थियो । माओवादी भनेको प्रचण्ड मात्रै होइन, विप्लव पनि माओवादी नै हुन्, मोहन वैद्य पनि माओवादी हुन् र हामीपनि माओवादी नै हौ भन्दै हिडेका रायमाझी, भट्ट, चौधरी र शाहलाई पार्टीको मोह होइन कुर्सी र पद चाहिएको हो भनने प्रष्ट देखिदैन र ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved