मोटरहेडद्धारा टेक्कन आर २५० सार्वजनिक, सुरुवाती मूल्य ४ लाख ५ हजार

  • आश्विन ३, २०७८
  • कालापानी मिडिया
alt

नेपालमा मोटरहेडको आधिकारीक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा. लीले सोहि कम्पनीको टेक्कन आर २५० नेपाली बजारमा सार्वजनीक गरेको छ । एसजी समूहको एक सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले यो बाइक नेपाली बाजारको लागि नौलो भएको प्रक्रिया दिएको छ । नेपाली बजारमा यो मोटरबाइक शुक्रबार सार्वजनीक गरिएको हो । यसको सुरुवाती मुल्य ४ लाख ५ हजार रहेको कम्पनीले जानकारी दिएको छ । तर यो आफर सिमित समयको लागि मात्रै रहने कम्पनीले बताएको छ ।

यो मोटरबाइक नेपालमा आफरोड राडको लागि उत्कृष्ट हुने कम्पनीले दाबी गरेको छ । सुरुवातमा कम्पनीले दुई आर्कषक रंग र ग्राफिक्समा बाइक सार्वजनीक गरको छ । २२३ सिसि भेरियन्टको यो बाइकको अधिकतम पावर १२ दशमलव ५ किलोवाट र टर्क १७ एनएम रहेको कम्पनीले जनाएको छ ।

यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिस÷फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ । जसका कारण नेपाली युवा राइडरमाझ यसले छिट्टै प्रभाव पार्न सक्ने विश्वास कम्पनीको रहेको छ ।

यो कम्पनीले विगत ५ वर्षदेखि नेपाली बजारमा मोटरहेडका डर्ट, क्रसओभर र स्क्र्याम्बलर सेग्मेन्ट उपलब्ध गराएर प्रयोगतकर्ताको मन जित्दै आएको छ । यी बाइक नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्सका कारण युवा राइडरमाझ लोकप्रिय बन्दै गएको कम्पनीका महाप्रबन्धक उज्वल जोशीले बताए । मोटरहेड विश्वमै परिचित चिनियाँ ब्रान्डको अफरोड बाइक हो । नेपाली बजारमा प्रभाव जमाउन सफल यो ब्रान्डको हाल देशभर बिक्री र बिक्री पछिको सेवा बिस्तार भैरहेको छ । देशका बिभिन्न १४ स्थानमा डिलर आउटलेट विस्तार गरेको कम्पनीले आगामी दिनमा बिक्री र बिक्री पछिको सेवालाई थप विस्तार गर्दै जाने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved