टिपरको ठक्करबाट युवकको मृत्यु भएको विरोधमा सुर्खेतमा आज तेस्रो दिन पनि प्रदर्शन

चालकलाई जन्म कैद र पीडितलाई क्षतिपूर्ति दिनु पर्ने आफन्तको माग

  • माघ १६, २०७६
  • कालापानी मिडिया
alt

अप्सरा बिष्ट
सुर्खेत । 
टिपरको ठक्करबाट युवकको मृत्यु भएको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आज तेस्रो दिन पनि प्रदशन भएको छ । पीडित परिवारले संघर्ष समिति गठन गरी आन्दोलन गरेका छन् ।
dd
प्रदशनकारीले विहान वीरेन्द्रनगर बजार बन्द गराइएका थिए भने जिल्लामा यातायातका सवारी साधन समेत ठप्प पारेका छन् । राजन सिंहको संयोजकत्वमा गठित संघर्ष समितिले टिपर मालिक र चालकलाई जन्म कैदको सजाय, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् ।
Capture 8
संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । मंगलबार बिहान वीरेन्द्रनगरको मुख्य सडकमा गौतम चोक नजिकै भे १ ख २२४२ नम्बरको टिपरले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केशर सिंहको मृत्यु भएको थियो ।
 
sdaaa कालिकोटको महावै गाउँपालिका ३ डिल्लीकोटका सिंह सवार मोटरसाइकललाई सोही दिशाबाट आइरहेको टिपरले ठक्कर दिदा सिंहको मृत्यु भएको थियो । सिंहका परिवारले माग पूरा नभएसम्म लास नबुझ्ने अडान गरेका छन् । मंगलबारदेखि प्रशासन र परिवारबीच पटक पटक भएको वार्ताबिना निष्कर्ष टुंगिदै आएको छ ।
dff
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धनगढीबाट उडेको श्री ...

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरह ...

कथा वाचक शितल कृष्ण ...

काठमाडौं । भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति ...

भूमि वितरण र राजस्व ...

काठमाडौं । सरकार सस्तो लोकप्रियताकै लागि जग्गा बाँड्ने नै योजना ल्याउँछ र सार्वजनिक तथा सरकारी जमिनम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved