बृहस्पतिले साना ग्रह खाएर ठूलो भएको वैज्ञानिकहरुको दाबी

  • असार १२, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् ।

तर, विशाल ग्रह बृहस्पतिको उत्पत्तिको रहस्यबारे चित्तबुझ्दो जबाफ अझै फेला पर्न सकेको छैन् ।

हालै गरिएको एक अध्ययनले बृहस्पतिलाई हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह मान्नुमा एउटा कारण रहेको पत्ता लागेको छ । वैज्ञानिकहरुका अनुसार यसले अन्य साना ग्रहहरू ‘खाएर’ यसको आकार पृथ्वीभन्दा ३०० गुणा ठूलो विशाल भएको हो ।


नासाको जुना अन्तरिक्ष अनुसन्धानले संकलन गरेको गुरुत्वाकर्षण तथ्यांक र ग्यास कोरमा रहेको चट्टानी सामग्रीको ‘कम्पोजिसन’को अध्ययनका आधारमा बृहस्पति ग्रहले बच्चा ग्रह ‘खाएको’ वैज्ञानिकहरुले निस्कर्ष निकालेका हुन् ।

यो सिद्धान्त एसआरओएन नेदरल्याण्ड इन्स्टिच्युट फर स्पेस रिसर्चका यामिला मिगुएलको नेतृत्वमा रहेको खगोलविद्हरूको अन्तर्राष्ट्रिय टोलीले यस्तो प्रस्ताव गरेको थियो । उनीहरूले गत साता एस्ट्रोनोमी र एस्ट्रोफिजिक्स जर्नलमा आफ्नो लेख प्रकाशित गरेका थिए । यद्यपि, वृहस्पति कसरी बन्यो भन्ने बारेमा निश्चित रुपमा अझै थाहा नभएको वैज्ञानिकहरुको भनाइ छ ।

‘हाम्रो सौर्यमण्डलमा बन्ने पहिलो ग्रहहरूमध्ये बृहस्पति एक थियो । यद्यपि, यो कसरी बन्यो भन्ने बारे हामीलाई निश्चित रूपमा केही थाहा छैन’, नेदरल्यान्ड्सको लिडेन विश्वविद्यालयकी खगोल भौतिकशास्त्री यामिला मिगुएलले लाइभ साइन्सलाई बताइन् ।

बृहस्पति आज मुख्यतया घुमिरहेको ग्यासको बल हुन सक्छ, तर यसले सौर्यमण्डलका सबै अन्य ग्रहहरू जस्तै चट्टानी सामग्रीहरू संग्रह गरेर आफ्नो जीवन सुरु गरेको वैज्ञानिकहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved