भारतीय अभिनेता ब्रह्मानन्दम अब नेपाली फिल्ममा

  • असार १४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतीय अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने भएका छन् ।

एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका ब्रह्मानन्दम र निर्माण कम्पनी नीता फिल्म्स र ब्रह्मानन्दमबीच लिखित सम्झौता भएको हो ।

भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषण समेत प्राप्त गरेका उनलाई महंगो पारिश्रमिकमा अनुबन्धित गरिएको जनाइएको छ ।

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको यो फिल्ममा ब्रह्मानन्दम देखिन लागेको निर्देशक चन्द्र पन्तसँगको तस्वीरमार्फत जानकारी दिइएको छ ।

सन् १९९९ मा अमिताभ बच्चनसँग ‘सूर्यवंशम्’मा अभिनय गरेयता उनले कुनै हिन्दी फिल्ममा अभिनय गरेका छैनन् । ब्रह्मानन्दमको उपस्थितिले फिल्मको लाइनअप बलियो भएको नीताले बताइन् ।

नेपाल र भारतमा खिचिने ‘ह्रस्वदीर्घ’मा धनन्जय घलानी कास्टिङ निर्देशक छन् । नेपाली कलाकारहरु हरिहर अधिकारी, सरोज खनाल र सलोन बस्नेत पनि फिल्मको मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धनगढीबाट उडेको श्री ...

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरह ...

कथा वाचक शितल कृष्ण ...

काठमाडौं । भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति ...

भूमि वितरण र राजस्व ...

काठमाडौं । सरकार सस्तो लोकप्रियताकै लागि जग्गा बाँड्ने नै योजना ल्याउँछ र सार्वजनिक तथा सरकारी जमिनम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved