फिल्म ‘राधा’को ‘पाउमा पाउजु’ गीत सार्वजनिक (भिडियोसहित)

  • श्रावण २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली चलचित्र राधाको तिज विशेष गीत रिलिज भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रम बीच पाउमा पाउजु बोलको गीत सार्वजनिक भएको हो ।

नायिका प्रियंका कार्की र श्रृष्टी श्रेष्ठको नृत्य रहेको गीत पशुपति वृद्धाश्रम परिसरका क्षेत्रमा छायांकन गरिएको थियो । गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने गीतको संगीत गायक कालीप्रसाद बाँस्कोटाले भरेका छन् ।

सिर्जना खत्रीको शब्द रहेको गीतको भिडियो कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । त्यस्तै गायक कालीप्रसाद बाँस्कोटाले तिजको गीतमा काम गर्न गाह्रो भएपनि काम सकिएपछि खुशी लागेको बताए ।

सुवर्ण थापाको निर्देशन रहेको ‘राधा’मा श्रृष्टीसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राईलगायतको मुख्य भुमिका छ ।

फिल्ममा सौगातसहित देवकी विष्ट र विक्रम दास जोशी पनि निर्माताको रूपमा छन् । फिल्म आउँदो भदौ १० गतेका लागि प्रदर्शनीको मिति तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धनगढीबाट उडेको श्री ...

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरह ...

कथा वाचक शितल कृष्ण ...

काठमाडौं । भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति ...

भूमि वितरण र राजस्व ...

काठमाडौं । सरकार सस्तो लोकप्रियताकै लागि जग्गा बाँड्ने नै योजना ल्याउँछ र सार्वजनिक तथा सरकारी जमिनम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved