मोरङ उर्लाबारीको लण्डन व्रिज” बन्यो स्थानिय र आगन्तुक दुवैका लागि उपयोगी (फोटो फिचर)

  • श्रावण २५, २०७९
  • कालापानी मिडिया
alt

कुमार खड्का, मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ मा निर्माण भएको झोलङ्गे पुल यतिवेला सामजिक संजाल, फेसबुक, टिकटक र इस्टाग्राममा “लण्डन व्रिज” का नामले निकै भाइरल बनेको छ ।

करिव साढे ३ वर्षको अवधिमा निर्माण कार्य सम्पन्न भएको यो सस्पेन्सन पुलको आर्कषणले सामाजिक संजाल प्रयोग कर्ताहरुको मनलाई लोभ्याएको मात्रै छैन् वडा नम्वर–१ को सिरान बस्ती कान्छीचौक, आइतबारे, लक्ष्मीझार, माने, कोपीलाचौक, सानो कत्लेमा बसोबास गर्ने सयौ परिवारका हजारौ मानिसहरुलाई आवतजावत गर्न सहज पनि बनेको छ ।

295810318_604719617940610_7754693732373857459_n

पुर्वी मोरङकै ठुलो खोलाका रुपमा रहेको बक्रा खोला उर्लाबारीको वडा नम्वर- १, ४, ८ भएर बग्ने गर्दछ । यस खोलामा बर्खाको समयमा आउने बाढीका कारण वडा नम्वर- १ को पश्चिम भु-भागमा बसोबास गर्ने परिवारहरुलाई वडा कार्यालय आउजाउ गर्न पुल नहुदा लगभग १० किलोमिटर घुम्नु पर्ने बाध्यता थियो तर, अहिले उर्लाबारीको लक्ष्मिझार र हिलेडाँगीलाई जोड्ने स्थानमा पुल बनेपछि सो क्षेत्रका हजारौ परिवारलाई राहत मिलेको छ । ‘एन‘ टाइप डिजाइनमा निर्माण गरिएको यो पुलको आर्कषणताले सामाजिक संजालमा पनि राम्रै स्थान पाईरहेको छ । झट्ट हेर्दा कुनै विदेशी भुमिमा निर्माण भएको जस्तो देखीने यो पुलको डिजाइन नै मानिसहरुको आर्कषणको केन्द्र बनेको हो । यो पुल ४ सय ५३ दशमलव ६० मिटर लम्वाईको रहेको छ । पुर्वपश्चिम लोकमार्ग देखी करिव ६ किलोमिटर उत्तरमा रहेको यस पुलमा दैनिक जसो सयौको संख्यामा मानिसहरु फोटो खिच्न, टिकटक बनाउन र युटुवमा भ्लग बनाउन आउने गर्दछन् ।

298216293_1189072555276535_3942404619981895914_n (1)

लामो समय वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेर काम गर्दै आएका उर्लाबारीका शुवास राउत केही दिन अघि नेपाल आएका थिए । नेपाल आएका बेला सामाजिक संजालमा “उर्लाबारीको लण्डन ब्रिज” भनेर पोष्टहरु देखेपछि आफु पनि घुम्न आएको उनि बताउछन् ।

पुल निर्माणका लागि तत्कालिन उर्लाबारी नगरपालिका मेयर खड्ग फागो, मोरङ क्षेत्र नम्वर-१ बाट विजयी बनेका सांसद घनश्याम खतिवडा र स्थानियको पहलमा नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत स्थानिय पुर्वाधार विभागको आयोजनामा १ करोडको लागतमा बनेको हो ।

खम्पाचे जगदम्बा वि. एण्ड. वि जे.भि. निर्माण सेवाले २०७६ सालबाट निर्माण थालेको यस पुलको भारवहन क्षमता १ सय ६३ मेर्टिक टन अर्थात एकै पटकमा यस पुलमा १ हजार १ सय ७५ जना मानिसले आवतजावत गर्न सक्ने गरि निर्माण गरिएको छ ।

295836478_3346669398901943_3030799045933364724_n

बक्रा खोलाको परिलो स्थानमा निर्माण भएको यस पुलबाट उत्तरमा रहेको पहाडी श्रृखला, तराईको चारखोसे झाडीको हरियाली र दमकमा निर्माणाधिन अवस्थामा रहेको दमक भ्यु टावरको दृश्य समेत हेर्न पाइने भएका कारण मानिसहरु यस पुलमा घुम्न आउने गरेको अर्का आगन्तुत अर्जुन ओझा बताउछन् ।

297978547_1448238682326392_4918537191731298033_n

यति बेला “लण्डन ब्रिज” ले उर्लाबारीका मात्रै नभएर उर्लाबारी आसपासका दमक, पथरीशनिश्चरे, लेटाङ नगरपालिकाका, मिक्लाजुङ र कानेपोखरी गाँउपालिका मानिसहरुको पनि ध्यान खिच्ने गरेको छ । भने पुलको सौर्दयता हेर्न आउने मानिसहरुको भिड बाक्लिदै गएपछि पुलको किनारमा घुम्ती पसलहरु समेत खोलेर स्थानियहरुले दैनिक गुजारा गर्न थालेका छन् ।

297028170_461114305626702_3925003319337867174_n 298216293_1189072555276535_3942404619981895914_n

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved