सिन्धुली अस्पतालद्वारा सेवा विस्तार

  • कार्तिक ६, २०७९
  • कालापानी मिडिया
alt

सिन्धुली । सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले विपन्न नागरिकलाई आकस्मिक उपचार कार्यक्रम सञ्चालन गरिने बताए । विपन्न नागरिक आकस्मिक तथा उपचार कोष स्थापना गरी कोषको रकम विपन्न नागरिकको उपचारमा उपयोग गरिने उनको भनाइ छ ।

तीस वर्षभन्दा माथिका महिलाको विशेषज्ञ चिकित्सकद्वारा स्तन क्यान्सरको पहिचान गरी स्तन क्यानसर रोगको लक्षण देखिएका महिलालाई थप निदानात्मक जाँचका लागि सम्बन्धित अस्पतालमा पठाइने अस्पतालले जनाएको छ ।
जनआन्दोलनका घाइतेको निःशुल्क उपचार हुने भएको छ । जनआन्दोलनबाट घाइते भनी सम्बन्धित निकायबाट परिचयपत्र प्राप्त गरेका व्यक्तिलाई राष्ट्रिय बीमा बोर्डले तोकेबमोजिम उपचार सिन्धुली अस्पतालले प्रदान गर्ने जनाएको छ ।

१६ वर्षभन्दा माथिका हर्निया भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने उनले पत्रकार सम्मेलनमा बताए । सो अवसरमा सन्तान जन्माउन इच्छा पूरा भएका पुरुष तथा महिलालाई निःशुल्क बन्ध्याकरण सेवा उपलब्ध गराइनुको साथै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले स्वास्थ्य सेवा सर्वसाधारणलाई महँगो बन्दै गएकाले सर्वसुलभ सेवा बनाउनुपर्ने जनाउँदै अस्पतालका सेवा विस्तारै निःशुल्क सेवातर्फ अघि बढाइने उनले बताए । अस्पतालले विगतको तुलनामा विशेषज्ञ सेवा प्रदान गर्दै आएको र जिल्लामा विशेषज्ञ चिकित्सकको समयअगावै सरुवा गर्ने तर दरबन्दीअनुसार चिकित्सक नपठाउने गर्दा समसया बल्झँदै आएको बताए ।

सिन्धुली अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, फर्मेसी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, प्रसूति सेवा, ओसिएमसी सेवा तथा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको मेडिकल सुपरिटेण्डेन्ट डा उमेश प्रधानले जानकारी दिए । अस्पतालले हाडजोर्नी, बालरोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, साइक्याट्रिक र रेडियोलोजी विशेषज्ञ सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए ।

विशेषज्ञ सेवा निरन्तरताका लागि दरबन्दी सिर्जना गरी दुई विशेषज्ञ चिकित्सक थप गर्नुपर्ने, बिरामीको चाप बढेकाले चिकित्सकको दरवन्दी वृद्धि गर्नुपर्ने बताए । सिन्धुली अस्पतालमा नाक, कान, घाँटी तथा छाला रोगको उपचारका लागि दरबन्दी नभएकाले दरबन्दी थप गर्न पहल गरे सर्वसाधारणलाई अस्पतालमा सबै विशेषज्ञ सेवा प्रदान गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved