अफगानी नागरिक विश्वकै सबैभन्दा जटिल भोकमरी सङ्कटमा - एफएओ प्रतिवेदन

  • कार्तिक २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । अफगानिस्तानका नागरिक विश्वकै सबैभन्दा जटिल भोकमरी सङ्कटमा रहेका संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जनाएको छ । अघिल्लो वर्ष तालिबानले नेतृत्व लिएदेखि नै अफगानिस्तानमा खाद्य असुरक्षा बढेको छ ।

प्रतिवेदनमा अफगानी नागरिक विश्वकै विकराल भोकमरीको समस्यामा रहेका उल्लेख छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् ।

यो कुल जनसङ्ख्याको आधाभन्दा धेरै सङ्ख्या हो । प्रतिवेदनले सन् २०२२ मा तीव्र खाद्य असुरक्षासाथै एसिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दाहरूलाई पनि उजागर गरेको छ । यसबाहेक काबुलका बासिन्दाले आर्थिक सङ्कटका कारण खाद्यान्नको मूल्य बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

काबुलका बासिन्दा रहमानुल्लाले मासिक एक बोरा पीठो किन्न पनि कठिनाइ भइरहेको गुनासो गरेका छन्। विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानको आर्थिक सङ्कटबारे चिन्ता व्यक्त गरेको छ । चार दशक लामो द्वन्द्व, जलवायु सङ्कट, कोभिड-१९ र सामाजिक-आर्थिक सङ्कटका कारण विगत एक वर्षमा देशभरिका मानिसहरू रोजगारी र जीविकोपार्जनबाट वञ्चित भएका छन् ।

अफगानिस्तानका लागि ईयूका कार्यवाहक राजदूत रफाएला आयोडिसेले पहिले सहज रूपमा दुई छाक खान सक्षम मानिसहरूले अहिले अभावका कारण पेट भर्न सङ्घर्ष गरिरहेका बताएका छन् । अति जोखिममा रहेको अफगानिस्तानको जनसङ्ख्यालाई सहयोग गर्न प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धनगढीबाट उडेको श्री ...

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरह ...

कथा वाचक शितल कृष्ण ...

काठमाडौं । भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति ...

भूमि वितरण र राजस्व ...

काठमाडौं । सरकार सस्तो लोकप्रियताकै लागि जग्गा बाँड्ने नै योजना ल्याउँछ र सार्वजनिक तथा सरकारी जमिनम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved