मुस्ताङमा एमाले निल, तीनै सिटमा कांग्रेसको ‘क्लीन स्वीप’

  • मंसिर ५, २०७९
  • कालापानी मिडिया
alt

मुस्ताङ । मुस्ताङका १ प्रतिनिधिसभा सदस्य र २ प्रदेशसभा सदस्यमा कांग्रेसले बाजी मारेको छ । जिल्लामा एमालेले कम्तीमा २ सीट ल्याउने आंकलन गरेपनि चुनावी मतपरिणाम भने कांग्रेसको पक्षमा आएको छ । एमाले भने मुस्ताङमा
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका २९ वर्षीय उम्मेदवार योगेश थकालीले नेकपा एमाले उम्मेदवार प्रेम तुलाचनलाई हराए । ३ हजार ९२२ मत पाएको योगेशले ३ हजार ७८ मात्रै मत पाएका तुलाचनलाई पाखा लगाउका हुन् ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र ९१० मा नाम्डु गुरुङले जिते । उनले एमाले उम्मेदवार तथा गण्डकी प्रदेशका निवर्तमान सांसद इन्द्रधारा विष्टलाई हराए । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोमानथाङ गाउँपालिका वडा ४ को वडाध्यक्षमा पराजित भएका नाम्डुले अहिले भने प्रदेश सभा निर्वाचन जित्दै सांसद बनेका छन् । वडाध्यक्षको निर्वाचनमा जम्मा ९९ मत पाएका नाम्डुले प्रदेश सभा निर्वाचनमा १ हजार ४८ मत पाए । उनका प्रतिस्पर्धी इन्द्रधाराले ७९३ मत ल्याउन सके ।

यस्तै एमालेका चन्द्रमोहन गौचनलाई हराउँदै कांग्रेसका विकल शेरचन प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । निवर्तमान सांसद चन्द्रमोहनले अहिलेको निर्वाचनमा जम्मा २५ सय ६५ मत पाए । विकलले भने २७ सय २३ मत ल्याएर १५८ को मतान्तरमा प्रदेश सभा सदस्य पद हत्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved