आज अर्जेन्टिना र नेदरल्यान्ड्स तथा ब्राजिल र क्रोएसिया भिड्दै

  • मंसिर २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाइनल खेलहरू सुरू हुँदैछन् । पहिलो दिन ब्राजिलले क्रोएसिया र नेदल्यान्ड्सले अर्जेन्टिनाको सामना गर्नेछ ।
नेपाली समयअनुसार पौने ९ बजे सुरू हुने खेलमा पाँचपटकको विजेता ब्राजिल र साबिक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुन लागेको हो । समूह विजेताका रूपमा नकआउट चरण पुगेको ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ ।

यस्तै समूहगत चरणमा एक जित र दुई बराबरीसहित अपराजित रहेको क्रोएसियाले प्रिक्वाटरफाइनलमा जापानलाई टाइब्रेकरमा हराएको थियो । ब्राजिल यसअघि अन्तिमपटक सन् २०१४ को विश्वकपमा सेमिफाइनल पुगेको थियो । ब्राजिल र क्रोएसिया यसअघि अन्तिमपटक सन् २०१८ मा प्रतिस्पर्धा गरेका थिए जसमा ब्राजिल ३(१ गोलले विजयी भएको थियो । सन् २००६ र २०१४ को विश्वकपमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएकामा ब्राजिल दुवैमा विजयी भएको थियो । क्रोएसियाले हालसम्म ब्राजिललाई हराउन सकेको छैन । जारी प्रतियोगितामा ब्राजिलका रिचार्लिसनले ३ र क्रोएसियाका आन्द्रेय क्रेमारिचले दुई गोल गरेका छन् ।

यता पौने १ बजे सुरू हुने खेलमा दुईपटकको विजेता अर्जेन्टिना र तीनपटक फाइनल पुगेर पराजित भएको नेदरल्यान्ड्स भिड्न लागेका छन् । सन् १९७८ मा नेदरल्यान्ड्सलाई नै पराजित गरेर पहिलोपटक विश्व विजेता बनेको अर्जेन्टिना सन् २०१४ मा उसैलाई टाइब्रेकरमा हराएर फाइनल पुगेको थियो ।

यसपटक पहिलो खेलमा साउदी अरबसँग पराजित भएपनि त्यसपछि लगातार जित हात पारेर नकआउट चरण पुगेको अर्जेन्टिना अस्ट्रेलियालाई २(१ गोलले हराएर क्वाटरफाइनल आइपुगेको हो। समूहगत चरणमा दुई जित र एक बराबरी खेलेको नेदरल्यान्ड्सले प्रिक्वाटरफाइनलमा अमेरिकालाई ३(१ गोलले हराएको थियो ।

नेदरल्यान्ड्स र अर्जेन्टिना अन्तिमपटक सन् २०१४ को विश्वकप सेमिफाइनलमा भिडेका थिए । नेदरल्यान्ड्ससँग भएका ९ भिडन्तमा अर्जेन्टिनाले तीन जित, दुई बराबरी र चार हारको नतिजा निकालेको छ । सन् २००३ यता नेदरल्यान्ड्सले अर्जेन्टिनालाई हराउन सकेको छैन । जारी प्रतियोगितामा नेदरल्यान्ड्सका कोडी गाक्पो र अर्जेन्टिनाका लियोनल मेस्सी दुवैले तीन तीन गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved