रूस सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको युक्रेनको दावी

  • पुस १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । रूस र युक्रेनबीच बमबारीको होड चलिरहेका बेला एक जना युक्रेनी सैन्य जनरलले रुसले सिंगो युक्रेन कब्जा गर्ने रणनीति बनाएको दावी गरेका छन् ।

युक्रेनी सेनाका ब्रिगिडियर जनरल ओलेक्सी ग्रोमोभले क्रेमलिन युद्धलाई लम्ब्याउने र दीर्घकालमा सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको बताएका हुन् । उनले रूस युक्रेनलाई युरोप र नेटोसँग जोडिन नदिन कटिवद्ध रहेको पनि बताएका छन् । रुस र युक्रेन दुवै देशले क्रिसमसको बेला समेत युद्ध बिराम नहुने बताईरहेको बेला एकले अर्को पक्षमा बमबारी गर्ने क्रम पनि तीब्र भएको छ ।

युक्रेनले रूसी नियन्त्रणमा रहेको दोनेत्स्क क्षेत्रमा बमबारी गरेपछि रूसले युक्रेनका मुख्य शहरहरूमा पुनः बम वर्षा गरेको छ । युक्रेनी जनरलले रुसको मुख्य निशाना पूर्वी क्षेत्रको बख्मुत क्षेत्र भए पनि उसले दक्षिण शहरहरू खर्सोन र जापोरिजिया क्षेत्रमा पनि दैनिक आक्रमण गरिरहेको पनि बताएका छन् ।

गत महिना रूसी सेनाले परित्याग गरेको भनिएको खर्सोनमा रुसको पछिल्लो आक्रमणबाट दुई जनाको मृत्यु भएको र सो शहरमा बिजुली तथा पानीको आपूर्ति बन्द भएको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved