केही चर्चित पत्रकारको अकाउन्ट निलम्बन गरेकोमा ट्विटरको चौतर्फी आलोचना

  • पुस २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । केही चर्चित पत्रकारहरुको अकाउन्ट निलम्बन गर्ने ट्विटरको कदमको चौतर्फी विरोध भएको छ । न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोष्ट लगायत ठूला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुको अकाउन्ट ट्विटर कम्पनीले निलम्बन गरिदिएको छ । यो कदमको युरोपेली युनियन र संयुक्त राष्ट्र सङ्घले विरोध गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घले मिडिया र पत्रकारलाई खेलौना नसम्झन र स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्र सङ्घका उपसचिव मेलिसा फ्लेमिङले ट्विटरले आफूलाई आलोचना गरेर समाचार लेखेकै भरमा अकाउन्ट नै निलम्बन गरिनु खेदजनक कार्य भएको बताएका छन्।

स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला र विकृति विरुद्धको लडाइँको एक प्रमुख उपकरण भएकाले यसलाई सम्मान गर्न उनले आग्रह गरेका छन् । युरोपेली युनियनले भने ट्विटरमाथि प्रतिबन्धको धम्की दिएको छ ।

युनियनका आयुक्त भेरा जावरोभाले ट्विटरका मालिक एलन मस्कले मनपरिको मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै प्रतिबन्धको बारेमा छलफल भइरहेको बताए । मस्कले आफ्नो र आफ्नो कम्पनीको आलोचना गर्नेहरुप्रति शत्रुतापूर्ण व्यवहार गरेको भन्दै आलोचना बढ्दै गएको हो । अघिल्लो महिना ४४ अर्ब डलरमा ट्विटर खरिद गरेपछि उनले विवादमा तानिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved