ट्रक व्यवसायीहरुको भैरहवामा विरोध प्रदर्शन

  • पुस २, २०७९
  • कालापानी मिडिया
alt

रुपन्देही । ट्रक व्यवसायीहरुले भारतीय मालबाहक सवारीसाधनले बोक्दै आएको ओभरलोड भन्सारविन्दुमै समायोजन (पोल्ट्री) गरिनुपर्ने लगायतका माग राख्दै रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले क्षमताभन्दा तीन-चार गुणा ओभरलोड बोकेका भारतीय ट्रक निर्वाध रुपमा नेपालभर चल्दा नेपाली व्यवसायी मर्कामा परेको भन्दै भन्सारविन्दुमै भार मिलान गरिनुपर्ने माग गरेका छन् ।

शुक्रबार भैरहवा भन्सार कार्यालय अगाडि जम्मा भएका संयुक्त ढुवानी व्यवस्थापन समितिका पदाधिकारी, सदस्य तथा मजदूरहरुले भारतीय मालबाहक सवारीकै कारण आफूहरु पलायन हुने अवस्था आएको बताए । ‘मनपरी सामान बोकेर नेपाल आउने भारतीय ट्रकहरुलाई मुलुकभर ढुवानीमा छुट दिइएको छ, भारतीय ट्रककै कारण मुलुकको सडक, पुल लगायतका संरचना ध्वस्त भएका छन् भने नेपाली व्यवसायी धरासायी भएका छन्’, नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक यम प्रसाद पाण्डेले भने, ‘यस्तै अवस्था रहीरहे हामी पलायन हुने अवस्था आउँछ ।’

उनले ओभरलोड बोकेर आउने भारतीय ट्रकलाई भन्सार विन्दुमै रोकेर भारमिलान गरी नेपाली ट्रकलाई सामान बोक्न दिनुपर्ने बताए । मुलुकभित्र नियमअनुसार नेपाली ट्रकले ढुवानी गर्न पाउनुपर्ने र आफूहरुका माग पूरा नभए निरन्तर आन्दोलन गर्ने उनले बताए । पाण्डेले भारतीय ट्रकले अधिक भार बोकेको बारे सुरक्षा निकायले ध्यान नदिएको आरोप लगाए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण मारमा परेका व्यवसायी भारतीय ट्रकको मनपरीले झन धरासायी बनेको बताए । ‘अधिक भार बहन सम्बन्धमा नेपाली ट्रकलाई कडाइ गरिन्छ,’ उनले भने, ‘तर, भारतीय ट्रकको हकमा आँखा चिम्लिने गर्दा समस्या भएको हो ।’ राज्यलाई सघाउने उद्देश्यले आन्दोलन गर्नु परेको उनले बताए । भारतीय ट्रकले नियमले तोकेकोभन्दा तेब्बर तौल बोकर मुलुकभरी ढुवानी गररहेको जनाउँदैं ट्रक यातायात व्यवसायीका संस्थाले अब निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अधिक भार बहन र भारतीय ट्रकको मनपरि बारे वर्षौदेखि सुनुवाई नहनु दुःखद् भएको बताए । ‘नेपाली व्यवसायी अत्यन्तै गम्भीर अवस्थामा रहेका छन,’ उनले भने, ‘प्रत्येक वर्ष यही विषयमा ध्यानाकर्षण गराउनु परिरहेको छ । यो भन्दा दुःखको कुरा के हुन्छ ।’ नेपाली प्रशासन र सरकार यस विषयमा जानकारी भए पनि माग पूरा गर्न गम्भीर नदेखिएको उनले बताए । व्यवसायीका अनुसार भारतीय ३० टन बोक्ने क्षमताका ट्रकले ९० टनसम्म सामान बोकेर नेपाल आउँछन् ।

यसरी अधिक ओभरलोड बोकेर आउने भारतीय ट्रकलाई सीमामै रोकेर भारमिलान गर्नुपर्छ । तर जरिवाना गरी निर्वाध नेपालभर जान दिइन्छ । यसले एकातर्फ नेपालका सडकलगायतका संरचना भत्किने, भाँसिने समस्या बढिरहेको छ भने नेपाली ट्रक व्यवसायी मारमा छन् ।

शुक्रबार रुपन्देहीको बेलहिया नाकामा प्रदर्शन गरेका व्यवसायीले आफूहरु चल्नै नसक्ने अवस्था आएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । बेलहिया नजिकै बाइपासमा रहेको ट्रक पार्किङ स्थलबाट नाराबाजी गर्दै व्यवसायीले भन्सार कार्यालयको गेटमा पुगेर विरोधसभा गरेको थिए । कानुनविपरीत भारतीय ट्रकले गरिरहेको अधिक भारबहनले नेपाली व्यवसायी मर्कामा परेको उल्लेख गर्दै उनीहरुले नियन्त्रणका लागि दबाब दिएका छन् ।

ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको विरोध प्रदर्शनमा लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, पश्चिमाञ्चल यातायात व्यवसायी समिति, वाणगंगा यातायात व्यवसायी समिति, राप्ति अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति, ढुवाली व्यवसायी समिति सहभागी थिए । महासंघले भारतीय ट्रकले भन्सार बिन्दुसम्म ओसारेका सामान नेपाली ट्रकले ढुवानी गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै मंसिर दोस्रो साता भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved