पश्चिमा देशलाई कच्चा तेलको आपूर्ति बन्द गर्ने पुटिनको घोषणा

  • पुस १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले पश्चिमा देशहरुलाई कच्चा तेलको बिक्री बन्द गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपति पुटिनले आगामी फेब्रुअरी १ देखि अमेरिका र युरोपेली देशहरुमा कच्चा तेलको निर्यात बन्द गर्ने सम्बन्धि आदेशमा हस्ताक्षर गरेका हुन्। जी सेभेन राष्ट्रहरु, युरोपेली युनियन र अष्ट्रेलियाले रुसी कच्चा तेलको मूल्य प्रति ब्यारेल अधिकतम ६० डलर तोकेपछि रुसले उनीहरुलाई तेल बिक्री नै बन्द गर्ने निर्णय गरेको हो ।

रुसी कच्चा तेलको मूल्यको सीमा तोक्न सहमत देशहरुमा तेलको आपूर्ति बन्द हुनेछ । युक्रेन युद्धपछि पनि रुसी अर्थतन्त्रमा फरक नपरेको भन्दै ति देशहरुले समुद्री मार्ग हुँदै आपूर्ति हुने रुसी कच्चा तेलको मूल्य ६० डलर भन्दा बढी नतिर्ने निर्णय लागू गरेका हुन् । रुसले भने तेल किन्ने अन्य ग्राहक खोज्ने भन्दै आफूलाई फरक नपर्ने दावी गर्दै आएको छ । साउदी अरबपछि रुस विश्वको सबै भन्दा ठूलो तेल उत्पादक देश हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved