काठमाडौं । चीनमा कोभिड संक्रमण बढेपछि बन्द गरिएको रसुवागढी नाका चीनले ३२ महिनापछि खोलेको छ ।
यो अवधिमा चीनतर्फबाट सीमित मात्रामा आयात भईरहेको भए पनि नेपालबाट हुने निर्यात पूर्ण रुपमा रोकिएको थियो ।
मंगलबार नेपालबाट ६ वटा ट्रक सामान लिएर चीनतर्फ गएका हुन । चार दिन पहिले भन्सार जाँचपास गरेर राखिएका ट्रकलाई नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएसंै मंगलबार चिनियाँ अधिकारीहरुले चीन जान दिएका हुन्। अरु दुई वटा ट्रक आज बुधबार जाने छन् ।
हस्तकलाका सामग्री र मुढा निर्यात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । अब निर्यातका लागि नाका निरन्तर खुल्ने नखुल्ने विषयमा भने चिनियाँ अधिकारीहरुले केही बताएका छैनन् ।
कोभिड महामारीका कारण २०७६ चैतमा सरकारले नेपाल भित्रने सबै नाका बन्द गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved