आजबाट एमडीएमएस प्रणाली लागु, विदेशबाट एस्ट्रा मोबाइल ल्याए जफत गरिने

  • पुस १५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ ।
अनधिकृत रूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न गत भदौ ३० गतेबाट नेपाल दूरसञ्चार प्राधिकरणले उक्त प्रणालीको परीक्षण सुरु गरेको थियो । तर आजबाट भने प्राधिकरणले पूर्ण रुपमा कार्यान्वयन गर्ने भएको हो ।

सर्वसाधारणहरूलाई आफूले बोक्ने मोबाइल फोन उक्त प्रणालीमा सूचिकृत रहे–नरहेको यकिन गर्न समेत प्राधिकरणले ताकेता गर्दै आएको थियो ।

दूरसञ्चार नियामक निकाय प्राधिकरणले शुक्रवारबाट यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउने हुँदा एमडीएमएस प्रणालीमा दर्ता नभएका वा भदौ महिनाभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल फोनहरू उक्त प्रणालीमा अद्यावधिक गर्न आग्रह गरेको छ ।

त्यसैले अब विदेशबाट फर्कदा तपाईले आफ्ना साथीभाई वा आफ्न्तलाई मोबाइल फोन वा ल्यापटप उपहार ल्याईदिँदै हुनुहुन्छ भने ती सामान विमानस्थल भन्सार कार्यालयले जफत गर्नेछ ।

विदेशबाट फर्किँदा आफूले प्रयोग गरिरहेको भन्दा अतिरिक्त मोबाइल र एक थानभन्दा बढी ल्यापटप, क्यामेरा वा पेनड्राइभ ल्याउन पाइनेछैन् । कतै लुकाएर ल्याए पनि सिम कार्ड राखेर प्रयोग गर्न थालेको १५ दिनपछि फोन वा म्यासेज पाइनेछैन् ।

यस्ता मोबाइललाई पूर्ण बैधानिक बनाउने सकारको दाबी छ । विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले अवैध मोबाइल रोक्न यस्तो सिस्टम ल्याएको दाबी गरे । पौडेलका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य मुख्य नाकाबाट प्रवेश गर्दा सर्वसाधारणले भन्सार कार्यालयले राखेका काउन्टरमा आफूले बोकेको मोबाइल फोन देखाउनुपर्ने छ ।

सरकारले व्यापारीको दबाबमा यस्तो नीति ल्याएको भन्दै नागरिक स्तरबाट भने चर्को विरोध भइरहेको छ । विदेश आउने रेमिट्यान्स चाँही चल्ने तर मोबाइल नचल्ने भन्दै सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved