पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार पाठकलाई रथारोहण सहित अभिनन्दन

  • पुस १७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । पोखरा अन्तराष्ट्रिय विमानस्थलका परिकल्पनाकार तत्कालिन अञ्चलाधिस प्रा.डा. शंकरराज पाठकलाई पोखरेली नागरिकहरुको तर्फबाट पोखरा महानगरपालिकाले रथारोहण सहित नागरिक अभिनन्दन गरिएको छ ।
पोखरालाई भौतिक पूर्वाधारले सम्पन्न र आफ्नै मौलिकता युक्त सहरका रूपमा विकसित गर्ने पाठकको परिकल्पनाले मूर्तता प्राप्त गरेको भन्दै पोखराको सुदूर भविष्यसम्मका लागि मार्गदर्शक र प्रेरकका रुपमा पाठकलाई अभिनन्दन गरिएको हो।

पाठक वि.स.२०२९ देखी २०३४ सम्म तत्कालिन गण्डकी अञ्चलको अञ्चलाधीश हुनुहुन्थ्यो । २९ सालदेखि ६ वर्ष पोखरामा अञ्चलाधीश भएर काम गर्नु भएका पाठकले पोखरेलीको मन जित्नु भएको छ । ‘पाठककै नेतृत्वमा आधुनिक पोखराको जग हाल्ने काम भएको हो । जुन उहाँहरुले बनाएको सहरी विकास योजना त्यो पनि कार्यान्वयन हुन सकेको भए पोखरा धेरै व्यवस्थित हुने थियो,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले भने, ‘पाठकजीजस्तो प्रशासक न अगाडि भए, न पछाडि ।

पाठकले पोखराको औद्योगिक क्षेत्र शिलान्यास गरेर ९ महिनामा काम सकाएर फेरि उदघाटन पनि उहाँले नै गर्नु भएको थियो । पोखराको विकासको खाका कोर्ने र इँटा थप्ने काम गरेका शंकरराज पाठकले पोखरापछि जनकपुरमा पनि अञ्चलाधीश भएर काम गर्नु भएको थियो।

अपाङ्ग सघंको अध्यक्ष भएर काम गर्नु भएका पाठक नेतृत्वमा काठमाडौंमा समाजसेवाकै माध्यमबाट अर्थोपेडिक अस्पताल खुलेको छ । नेपाली–अंग्रेजी पहिलो शब्दकोष लेख्नु भएका शंकरराज पाठक त्रिभुवन विश्वविद्यालयका उपकूलपतिसमेत हुनुहुन्थ्यो । तर, विश्वविद्यालयमा राजनीति घुसाएर नियुक्ती तथा स्थायी गर्न दबाव दिइएको भन्दै उहाँले २०४६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजीनामा दिनुभयो।

पाठक भन्न्ुहुन्छ, ‘सरस्वती क्याम्पसदेखि जहाँ–जहाँ काम गरें, विना स्वार्थ जनता र समाजका निम्ति गरें । आज पोखराले रथारोहण नै गर्ने गरी सम्झिएको छ । अरु त भविष्य र इतिहासले सम्झिएला, देश बनिदिए त्यही खुसी र सन्तुष्ट हुनेछ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved