सुदूरपश्चिममा सभामुख चयन आज

  • पुस २८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ । दिउँसो १ बजे चुनाव हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुख पदका लागि माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । भण्डारीलाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन छ । रावललाई कांग्रेससँगै एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।

५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तीमा २७ मत ल्याउनुपर्छ । कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् । सत्ता गठबन्धनको साथ हुँदा माओवादीका भण्डारी सभामुखको निर्वाचित हुने निश्चित जस्तै छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा हिजो एमालेका राजेन्द्र रावल नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गत मंगलबारको भूकम्पल ...

काठमाडौं । गत मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पले हालसम्म ४२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन ...

गृहमन्त्रीको नागरिकत ...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ...

मोडर्न कन्या कलेजमा ...

काठमाडौं । मोडर्न कन्या कलेज बानेश्वरमा बिधाकि देवी सरस्वतीमाताको पूजा अर्चना गरेर विद्यार्थीहरुले स ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved