हप्ता दिन ज्वरो र खोकी लागे सोच्नुस हङकङ फ्लू हुन सक्छ

आफूखुसी एन्टिबायोटिक नखानुस घातक हुन सक्छ

  • फाल्गुन २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै पछिल्लो फ्लू जस्तै लक्षण लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढ्दै गएको छ।

चिसो मौसमबाट गर्मी मौसम सुरु हुने यस समयमा रुघाखोकी जस्ता संक्रमणहरुको जोखिम हुने भए पनि गएका वर्षहरुमा यस्ता संक्रमण देखिएका बिरामीहरुमा एक हप्तामानै पुरै सन्चो हुने भए पनि हाल कडा लक्षण देखिने र लामो समय सम्म पूर्ण ठिक नहुने समस्या लिएर बिरामीहरु अस्पताल आउने गरेको चिकित्सकहरुको भनाइ छ।

कडा खालको लक्षण लिएर पछिल्लो समयमा दैनिक ७ जना भन्दा बढी बिरामी टेकूस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेका छन्। अस्पतालका इकर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारीका अनुसार सुरुमा रुघाखोकी तथा ज्वरो आएको तर मेडिकलबाट ओषधि किनेर खाएको एक हप्ता भन्दा बढी समय हुँदा सम्म सन्चो नभए पछि अस्पताल आउने बिरामी धेरै छन्।

एक हप्ता सम्म ज्वरो आउने र ज्वरो ठिक भएको लामो समय सम्म पनि कडा खालको खोकी लागेको भन्दै जँचाउन आउने विरामीको संख्या पछिल्लो समय बढेको बताउछन्। टेकु अस्पतालकै सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन। ‘हुन त मौसम परिवर्तन हुने बेलाको यो समय भनेको मौसमी फ्लू सक्रिय हुने समय पनि हो, अहिले यसरी अस्पतालमा आएका धेरै विरामीमा इन्फ्लुएन्जा भाइरसको ए सबटाइप एच थ्री एन टु (H3N2) अर्थात (हङकङ फ्लू)को जस्तो लक्षण धेरैमा देखिएको टेकूस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

हाल अस्पताल आउने धेरैमा कस्तो खालको संक्रमण हो इन्फ्लुएन्जा भाइरसमा पनि कुन खालको हो भनेर पत्ता लगाउनको लागि पीसिआर परीक्षण नहुँदा संक्रमणको अवस्था बारे पत्ता लगाउन गाह्रो भएको समेत अस्पतालले जनाएको छ।

इन्फ्लुएन्जा एक सामान्य संक्रमण भए पनि यसका प्रकारका फ्लूहरु केही कडा खालका हुने हुँदा विशेष सावधानी अपनाउनु पर्ने डा पुनको भनाइ छ।

अहिले पनि अस्पतालमा आउने धेरै बिरामीले आफूखुसी एन्टिवायोटिक किनेर खाने र त्यसले पनि ठिक नभए पछि अस्पताल आएको देखिन्छ। जुनसुकै प्रकारको एन्फ्लुएन्जाको संक्रमण भए पनि त्यसको लक्षणको आधारमा उपचार गर्नु पर्छ यस्तो अवस्थामा आफूखुसी एन्टिवायोटिक खानु नहुने चिकित्सकहरुको भनाइ छ।

कुनै पनि प्रकारको फ्लू भाइरससँग महामारी सिर्जना गर्ने क्षमता हुने यसबाट बच्नका लागि प्रत्येक वर्ष फ्लूविरुद्धको खोप लगाउन आवश्यक रहेको चिकित्सकको सुझाव छ ।

यस्ता लक्षण देखिए वेवास्ता नगरौँ

नाकको समस्या, रुघा खोकी, भोक नलाग्ने,कमजोर भएको अनुभव,सामान्य ज्वरो, टाउकोको अत्याधिक दुखाइ जस्ता लक्षण देखिए इन्फ्लुएन्जा संक्रमण भएको हुन सक्ने हुने परिक्षण गर्नु पर्ने हुन्छ।

यस्ता लक्षणका साथसाथै घाटी दुख्ने,जिउ चिलाउनु,टाउको दुख्नु,वाकवाक लाग्नु अनि झाडापखाला जस्ता लक्षणहरु देखिन्छ। इन्फ्लुएन्जाको लक्षण सामान्य रुघा खोकीसँग मिल्दोजुल्दो हुने हुँदा धेरैले वेवास्ता गर्ने गरेको पाइन्छ।

कसरी जोगिने ?
फ्लू श्वासप्रश्वास वा हावाको माध्यमबाट सर्ने भएकाले यसबाट जोगिन कोभिड नियन्त्रणका लागि अपनाइएका जस्तै सावधानीका उपायहरू अपनाउनु पर्ने विज्ञहरूको सुझाव छ।

रुघाखोकी लागेका वा उनको वरपर रहेकाहरूले नियमित मास्क लगाउने, पटकपटक हात धुने, भिडभाडमा नजाने काम गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ।

इन्फ्लूएन्जाको खोप महत्त्वपूर्ण विकल्प
विभिन्न किसिमका भाइरल सङ्क्रमणबाट जोगिन इन्फ्लूएन्जाविरुद्ध खोप लगाउन उचित हुने चिकित्सकहरूको भनाइ छ।

यस खोप मुटु र श्वासप्रश्वासको समस्या भएका बालबालिकालाई अनिवार्य दिइन्छ। त्यसबाहेक अन्यलाई पनि इन्फ्लूएन्जा हुँदा रुघाखोकी र निमोनिया हुने सम्भावना रहेकाले उक्त खोप लगाउनु पर्ने बताइउको छ।
यो खोप सबैले हरेक वर्ष लगाउँदा उचित हुन्छ। अस्पताल, क्लिनिक र फार्मेसीहरूमा सहजै उपलब्ध हुन्छ र उमेरले ६ महिनामाथिका सबैलाई फाइदा पुर्‍याउने बताइउको छ ।

इन्फ्लूएन्जाविरुद्धको खोप २,५०० देखि ३,००० रुपैयाँसम्म पर्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved