काठमाडौं । अस्पतालमा उपचारका लागि पुगेका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा चिकित्सकले शल्यक्रिया गरी ती युवकको पेटबाट बोतल निकालिदिएका हुन् ।
रौतहटको गुजरा नगरपािलका-९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटभित्र बोतल भेटिएको हो । पुरानो मेडिकल कलेजका डा। नारायण बेलबासे नेतृत्वको टोलीले सोमबार बिहान शल्यक्रिया गरी मन्सुरीको बोलत निकालिदिएका हुन् ।
चिकित्सकका अनुसार मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुखेपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए तर ठीक भने भएन ।
मुन्सरीको पेट निकै दुख्न थालेपछि उनलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराईएको थियो । अस्पतालले तत्कालै पेटको एक्सरे गरायो । रिपोर्टमा पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे । र, उनीहरुले थप उपचारका लागि भरतपुर रिफर गरे ।
पुरानो मेडिकल कलेजमा सबै चेकजाँचपछि त्यहाँ पनि उनको पेटमा सिसाको बोतल नै देखिएपछि डा. नारायण बेलबासे नेतृत्वको टोलीले शल्यक्रिया गरी बोतल निकालेको हो । करिब अढाई घण्टामा शल्यक्रिया गरेर बोतल निकालेको डा. बेलबासेको भनाई छ ।
‘शल्यक्रिया भएको डेढरदुई घण्टापछि बिरामी होसमा आइसकेका छन् । उनी अहिले कुराकानी गर्न सक्छन्’, उनले भनेका छन् । बोतलले आन्द्रा प्वाल पार्नुका साथै पेट फुलिएको र इन्फेक्सन फैलिसकेको उनले बताए ।
उनका अनुसार शल्यक्रिया गरेर हेर्दा बोतल माथि ठूलो आन्द्रामा फसेको पाइएको छ । प्वाल बनाएर पेटभित्र निस्किसकेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved