गगन थापा भन्छन सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरु सरकार आफैँसँग छ

  • बैशाख २९, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरु सरकार आफैँसँग रहेको दाबी गरेका छन्।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि उनले सञ्चारकर्मीमाझ उपप्रधानमन्त्री लामिछानेले सहकारीमा गरेको गठीको यथेष्ट तथ्य र प्रमाणहरु सरकारी अड्डाहरुसँगै रहेको बताएका हुन्। जिबी राईसँग मिलेर उपप्रधानमन्त्री लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मीलगायत थुप्रै सहकारीको हजारौं वचतकर्ताहरुको करोडौं रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरु प्रयोग गरेर अपचलन गर्नुभएको, ठगी गर्नुभएकोमा कुनैपनि दुविधा नभएको भन्दै महामन्त्री थापाले तथ्य, प्रमाण खोज्न रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरु, सिआईबीले गरेको अनुसन्धान, पोखराको महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिष्ट्रार कार्यालयले सम्पती शुद्धिकरणलाई र प्रहरी कार्यालयलाई बुझाएको हस्ताक्षर, ल्याप्चे लगायतको यसको परीक्षण नै पर्याप्त हुने दोहोर्‍याए।

उनले सहकारी ठगी प्रकरणको विषयलाई खेलाँची नगरी गम्भिरतापूर्वक लिन र वचतकर्ताहरुको रकम फिर्ता गर्न पनि सरकारलाई सचेत गराए। महामन्त्री थापाले भने, ‘यो सरकार र प्रतिपक्ष बीचको यो संसदीय समिति बनाउने कि नबनाउने भन्ने एउटा हाम्रो माग, सरकारको पेलाई एउटा संघर्ष चलिरहेको छ। तर यो बीचमा हाम्रो तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको के विषयमा ध्यानाकर्षण गराउन चाहन्छु भने यो हामीले सहकारी भनेका छौं। करोडौंको ठगी भनेका छौं।

रवि लामिछानेको हस्ताक्षर भएका थुप्रै कागजहरु, पत्रहरु, यति धेरै तथ्य र प्रमाणहरु छन कि तथ्य र प्रमाण खोज्न कहीँ जानै पर्दैन। सरकारी अड्डाहरुमै गएर तथ्य र प्रमाण केलाए हुन्छ।' महामन्त्री थापाले सरकारले सहकारी बचतकर्ताहरुको रकम फिर्ता गराउने काममा सरकार गम्भीर नभए समाजमा अप्रिय घटना हुन नसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कमला ह्यारिसलााई ओबा ...

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवारमा उ ...

भारत र श्रीलंका एसीस ...

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनलमा प्रवेश गरेका छन्। गएराति श्रीलंकाको रंगि ...

रुसमा जनसाङ्ख्यिकीय ...

एजेन्सी । क्रेमलिनले शुक्रबार रुसमा घट्दो जन्मदर उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved