काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले पार्टी भित्रका नेताहरूको सम्पत्तिको छानबिन हुनुपर्ने माग गरेका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश प्रथम सम्मेलनको उद्घाटन समारोहमा मन्तव्य राख्दै उनले हरेक नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका हुन् । उनले भने,'जनताले प्रश्न उठाइ रहेका छन् । जनताहरू भ्रमित पनि भैरहेका छन कि गाउँबाट शहर पस्नुभएको साथीहरू जो एक जोडी चप्पल लगाएर जानुभएको थियो अहिले राज्यलाई कर नबुझाई अरबपति कसरी बन्नु भयो ? तीन देखि सात करोडको गाडीहरू कसरी चढ्नुभयो ? नेपाली कांग्रेसले यसको छिनोफानो चिरफार गर्नुपर्छ ।' यो उदाहरणीय कार्य को थालनी नेपाली कांग्रेसबाट हुनुपर्छ ।
उनले कांग्रेस पार्टीलाई एक बनाएर लैजानुपर्ने पनि बताएका छन् । शर्माले कांग्रेस सभापति शेरबहादुर देउवाले बीपी कोइरालासँग काम गरेको भएकाले उनले पार्टी भित्र सबैलाई मिलाएर लैजानुपर्ने धारणा राखे । उद्घाटन समारोहमा कांग्रेस नेता शेखर कोराला उपस्थित भएनन् । डा शर्माले भने ,' आज शेखर कोइराला यो सम्मेलनमा हुनुहुन्न । कांग्रेस सभापति शेरबहादुर देउवा बीपी कोइरालासँग काम गर्नुभएको मान्छे तपाईँले आफ्नो अन्तिम समयमा पार्टीलाई विभाजित नगरी मिलाएर लैजानुपर्छ । जे भयो भयो अब विराटनगरबाट सम्पूर्ण देशलाई मिलेर जाने सन्देश दिनुपर्छ, बिभाजन गर्ने होइन, उनले भने',।
उनले पार्टीको एक अभिभावक बनेर सम्पूर्ण नेता कार्यकर्ता मिलाएर लैजान र २०८४ को चुनावमा पार्टीले वहुमत ल्याउने गरि अगाडि बढ्न पनि सभावती देउवालाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved