लामिछाने माथी अनुसन्धानको नाममा सरकारले प्रतिशोध लिरहेको छ - नेता शर्मा

  • मंसिर २४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । सांसद डा.सुनिल कुमार शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने माथि सरकारले अनुसन्धान को नाममा गरेको प्रतिशोध विरुद्ध सरकार को ध्यानाकर्षण गराएका छन ।

सामाजिक संजाल मार्फत सांसद शर्माले सभापति लामिछाने माथि अनुसन्धानको नाममा धरपकड गरिएको भन्दै सरकार को ध्यानाकर्षण गराएका हुन । अनुसन्धानका नाममा मानसिक तनाव दिने, दुर्व्यवहार गरी मानव अधिकार उल्लङ्घन गर्ने जस्ता कार्य निन्दनीय भएको भन्दै उनले खेद प्रकट गरेका छन ।

उनले भनेका छन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई लामो समयदेखि राज्य नियन्त्रित प्रहरी हिरासतमा राखी अनुसन्धान भई रहेको सन्दर्भमा मेरो ध्यानाकर्षण भएको छ ।, उनले अगाडि भनेका छन्कु, नै पनि व्यक्तिलाई अनुसन्धानको नाममा धरपकड गर्ने, विरामी हुँदा पनि अस्पतालसम्म जान नदिने, उपचार पाउनु पर्ने नागरिकको हकमा बन्देज गर्ने, अनुसन्धानको नाममा मानसिक तनाव दिने, दुर्व्यवहार गरी मानव अधिकार उल्लङ्घन गर्ने जस्ता कार्य निन्दनीय तथा खेदजनक छन्।

उनले नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा प्रजातान्त्रिक पार्टीको गृहमन्त्री भएका बेला यसरी तानाशाही शैलीमा गरिएको व्यवहारको बिरोध समेत गरेका छन ।

सांसद शर्मा तिनै तिनै ब्यक्ति हुन जो आफ्नै पार्टीका नेताहरूको गलत प्रवृत्ति विरुद्ध खुलेर बिरोध गर्छन । मुलुकमा भ्रष्टाचार शून्य होस भन्ने चाहना बोकेर हिडेका सांसद शर्मा गरिब दिन दुखिहरुको सेवामा जीवन समर्पित गर्दै हिडेका छन । मेची देखि महाकाली सम्मका हजारौं गरिब बिरामीहरुको निसुल्क उपचार गर्दै आएका सांसद शर्मा आवाज बिहिनहरुको आवाज समेत बनेका छन । यतिबेला उनि तराईका दुर्गम बस्ति देखि पहाडी र हिमाली क्षेत्रका बिकट गाउँमा निशुल्क स्वास्थ्य शिबिर मार्फत जनताको उपचार गर्नमा तल्लिन छन ।

संसद बाट पाउनु पर्ने कुनै पनि सेवा सुबिधा तथा संसद भत्ता समेत नलिने एकमात्र सांसद सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।  उनी पार्टीको कार्यकर्ता होस वा नेतृत्व गलत ब्यक्तिको खुलेर बिरोध गर्छन भने चाहे त्यो जुनसुकै पार्टीको किन नहोस सत्यको पक्षमा अडिक देखिन्छन । गलत लाई  गलत र सहिलाई सहि भन्न सक्ने एक स्वच्छ छवि बनाउन सफल नेता भएकै कारण उनी यतिबेला युवापंक्ति माझ पनि पृय बन्दै गएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले मतदा ...

काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगद्व ...

एनपीएलको पहिलो क्वाल ...

काठमाडौं - नेपाल प्रिमियर लिग एनपिएलको पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबी ...

दलबल सहित प्रधानमन्त ...

काठमाडौं । व्यवसायी तथा राजसंस्थावादी अभियन्ता दुर्गा प्रसाईँ प्रधानमन्त्रीसँग वार्ता गर्न सिंहदरबार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved