सिरियाका सयौं क्षेत्रमा इजरायलको हवाई आक्रमण

  • मंसिर २५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ।

सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानबाट सिरियाको राजधानी दमास्कससहित केही विशेष क्षेत्रमा दर्जनौँ हवाई आक्रमण भएको छ। बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार १०० भन्दा बढी सैन्य क्षेत्रमा आक्रमण गरिएको छ ।

तीमध्ये एक रासायनिक हतियार उत्पादनसँग सम्बन्धित अनुसन्धान केन्द्र पनि समावेश छ । सीरिया हयात तहरिर अल-शाम विद्रोही समूहको नियन्त्रणमा गएपछि उनीहरुको हातमा रासायनिक हतियार नपुगोस् भन्ने उद्देश्यले यस्तो आक्रमण गरिएको इजरायलले दाबी गरेको छ।

सिरियामा रासायनिक हतियारको जोखिम बढिरहेका वेला, संयुक्त राष्ट्र संघको रासायनिक हतियार निगरानी संगठन ओपीसीडब्लुले सिरियाली अधिकारीलाई रासायनिक हतियारको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ। साथै इजरायली सेनाले गोलान हाइट्सको स्वतन्त्र क्षेत्र अस्थायी रुपमा कब्जा गरेको घोषणा गरेको छ।

यो क्षेत्रको नियन्त्रलाई प्रधानमन्त्री नेतान्याहूले एतिहासिक कदम भनेका छन्। इजरायलका रक्षामन्त्री इजरायल क्याट्जले आईडीएफले सीरियाको रणनीतिक हतियार नष्ट गर्ने गरी आक्रमण गरिरहेको दाबी गरेका दछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
वरिष्ठ क्यान्सर विशे ...

नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडि ...

एयर इण्डिया : दुर्घट ...

काठमाडौं । भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडे ...

दिलभुषणको पक्राउ पुर ...

काठमाडौं । नेपाली कांग्रेसका लोक प्रिय युवा नेता सांसद डा. सुनिल शर्माले पत्रकार दिलभुषण पाठकमाथि जा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved