रघुजी पन्तले ज्ञानेन्द्र शाहीमाथि बोलेका अपशब्द रेकर्डबाट हटाउन राप्रपाको माग

  • चैत ४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं : राप्रपा सांसद दिपकबहादुर सिंहले आफ्ना सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि नेकपा एमालेका सांसदले अपशब्द बोलेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले एमाले सांसद रघुजी पन्तले सांसद शाहीको मानहानी गरेको भन्दै सचेत गराउन माग गरेका हुन्। उनले सांसद शाहीमाथि मिस्टर, तपाईं, तिमी भनेको भन्दै आपत्ति जनाए।

सांसद सिंहले जुम्लाबाट जनताले चुनेर पठाएका सांसद शाहीमाथि अपशब्द बोलेर मानहानी गरेको भन्दै एमाले सांसद पन्तको अभिव्यक्ति रेकर्डबाट हटाउन र सचेत गराउनुपर्नेमा जोड दिए। आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले पूर्व राजाहरूको आलोचना गरेपछि राप्रपा सांसद शाहीले उठेर विरोध जनाएका थिए।

सांसद पन्तले सम्बोधनका क्रममा राजाकालमा घटेका विभिन्न घटनाले देशलाई अन्धकारतिर धकेलेको बताएपछि सांसद शाहीले बिना प्रमाण आधारहिन कुराहरू संसदमा नबोल्न भनेका थिए। त्यसपछि सांसद पन्तले आफूले बोलेका कुरामा सत्यता नभए इतिहास पढेर आफूसँग बहस गर्न आउन शाहीलाई चेतावनी समेत दिएका थिए।

'हिजो भर्खर एउटा झुटो इतिहास सुनाएर माननीय सांसद जुम्लाका ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलिकन मानहानीसँग यहाँ जोड्नुभयो। तिमी र तपाईं मिस्टर भनेर सम्बोधन भयो। ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आएका सांसद हुन्। उहाँले यी गठबन्धन र लठबन्धनको भन्दा बढी मतले जित्नु भएको हो। संसदमा मर्यादाहिन तरिकाले पेस हुनु गैर जिम्मेवारी हो। त्यो रेकर्डबाट मेटिनुपर्छ। ती सांसदलाई सचेत हुनको लागि सभामुखमार्फत अनुरोध गर्न चाहन्छु,'उनले भने।

त्यस्तै सांसद सिंहले आर्थिक विकासका लागि भन्दै यौन व्यवसायलाई व्यवसायीकरण गर्ने कांग्रेस सांसद श्याम घिमिरेको प्रस्तावप्रति पनि आपत्ति जनाए। आइतबार बसेको संसद बैठकमा सांसद घिमिरेले यौन व्यवसायलाई व्यवसायिकरण गर्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
काठमाडौँको बल्खुमा र ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मंगलबार बल्खुमा आयोजना विशाल जनप्रदर्शन गरेक ...

सरकार नसुध्रीए बाल ...

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द ...

आज काठमाडौंमा राप्रप ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार राजधानीमा विरोध प्रदर्शन गर्दैछ। विभिन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved