आज काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौंको विभिन्न तीन ठाउँमा बिरोध प्रदर्सन भएकाले सवारी साधन यसरी डाइभर्सन गरिएको छ ।

  • चैत २६, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार राजधानीमा विरोध प्रदर्शन गर्दैछ।

विभिन्न स्थानबाट र्‍यालीहरू निकाल्दै बल्खुमा मुख्य विरोध कार्यक्रम आयोजना गरिनेछ। यसका लागि पार्टीले प्रशासनबाट पूर्वस्वीकृति समेत लिइसकेको छ। उक्त दिन राजधानीमा शिक्षक तथा सहकारी र लघुवित्त पीडित समूहहरूले पनि छुट्टाछुट्टै प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

यता नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भएर बानेश्वर–माइतीघर सडक खण्डको बिचमा प्रदर्शन गर्नेछ भने सहकारी तथा लघुवित्त पीडितहरूले शान्तिवाटिकामा विरोध कार्यक्रम आयोजना गर्नेछन् । जसका कारण राजधानीको प्रमुख सडकहरूमा सवारी आवागमनमा असर पर्ने सम्भावना छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै आवश्यक स्थानहरूमा सवारी साधन डाइभर्सनको व्यवस्था मिलाएको छ। सोमबार सार्वजनिक गरिएको सूचनाअनुसार, आज निम्न स्थानहरूमा सवारी डाइभर्सन गरिनेछन् ।

जसमा मुख्य डाइभर्सन यसप्रकार रहेका छन ।

खसिबजार, मकालु, कलंकी, बाफल बल्खु, कुलेश्वर, कालीमाटी, टेकु कीर्तिपुर, सुन्दरीघाट, सानेपा, एकान्तकुना हुन् ।

आवश्यकताअनुसार थपिने सम्भावित डाइभर्सन प्वाइन्टहरू त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला चोभार, फर्पिङ, नख्खु दोबाटो, कोटेश्वर पार्किङका लागि तोकिएका स्थानहरूस् टियू गेटदेखि चोभार सडक खण्ड सानेपा करिडोर सडक (दुबै तर्फ) चोभार सुख्खा बन्दरगाह नयाँ बसपार्क सीतापाइला रहेका छन ।

बाफल सडकको एक लाइन यस्ता कार्यक्रमका कारण प्रभावित क्षेत्र हुँदै सञ्चालन हुने सवारी साधनका चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कि प्रधानमन्त्री फेर ...

काठमाडौं । कलाकार दीपकराज गिरीले देशको प्रधानमन्त्रीलाई सम्मान गर्दा अपमानबोध गर्न नपर्ने बताएका छन् ...

म माथि राजनीतिक प्र ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदा ...

स्वदेशी उद्योग, कलका ...

काठमाडौं । नेपाल डेरी एसोसिएसन र नेपाल कृषि तथा पशुपन्छि व्यवसायी संघले स्वदेशी उद्योग, कलकारखानाको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved