नेता प्रधानसँगको त्यो भेट: मौनताभित्रको पीडा र नेवार नेतृत्वको खोजी

  • कार्तिक २५, २०८२
  • कालापानी मिडिया
alt

 
IMG_20251111_234734
 

राधिका श्रेष्ठ,संचारकर्मी

आजको भेट साँच्चै अनौठो बन्यो। घुम्दै जाँदा आकस्मिक रूपमा रा.प्र.पा.का वरिष्ठ नेता देवेन्द्र प्रधान ज्यूसँग भेट भयो। साधारण भेट हो कि भन्ने लागेको थियो, तर त्यो केही क्षणको संवादमा एउटा युगको राजनीतिक पीडा, एउटा समुदायको मौनता र एउटा नेताको गहिरो आन्तरिक वेदना पोखिएको महसुस भयो।

सुरुवाती कुरा सामान्य नै थिए - सन्चो बिसन्चो, परिवार, स्वास्थ्य र दिनचर्याका कुरा। उहाँको सहज हाँसोले वातावरण हल्का बनाएको थियो। तर जब मैले सोधेँ, “प्रधानज्यू, अहिलेको राजनीतिक अवस्था र तपाईंको भूमिकाबारे के सोच्नुहुन्छ?” - त्यसपछि एकाएक वातावरण परिवर्तन भयो। उहाँ केही बेर मौन रहनुभयो। त्यो मौनता शब्दभन्दा ठूलो लाग्थ्यो। लामो सास फेर्दै बिस्तारै भन्न थाल्नुभयो, “खै राजनीतिको के कुरा गरौं? तर वतावरण कतिखेर राजनीतिमय बन्यो पत्तै भएन । उहाका कुरामा दम थियो, दुख थियो अनि उपत्यकावासिकोलागि न्याय र अवसरको खोजी थियो । आँखामा पीडा पनि उस्तै थियो । 

हामी ध्यान दिएर उहाँका कुरा सुनिरहेका मात्रै थिएनौ बरु नेवा समुदायलाई कसरी न्याय मिल्ला त भनेर सोच्न पनि बाध्य थियौ । त्यतिकैमा उहाँको एउटा कुराले त झनै सोच मग्न बनायो । कुरा थियो- गणेशमान सिंहज्यू बितेपछि उपत्यकाका नेवार समुदायमा त्यस्तो अगुवाइ गर्ने नेता फेरी देखा परेन । अहिले सम्म उपत्यकाका नेवारहरूलाई कसैले ठिकसँग स्थान दिएको देखिन्न। म पनि राजनीति गर्दै छु, आफ्नो क्षेत्रमा खयिएरै लाग्छु । मेरो पनि राम्रै भोटर्स छ । तर खै अवसर दिने बेला भने अरूलाई नै दिइन्छ, हामीलाई होइन।”

उहाँको बोलीमा कुनै रिस थिएन, कुनै डाह थिएन, थियो त एक किसिमको गहिरो आत्ममन्थन मात्रै । देशका हरेक राजनीतिक दलमा नेवार समुदायका हजारौँ कार्यकर्ता सक्रिय छन्, तर ठूला निर्णयमा, ठूला भूमिकामा तिनको उपस्थिति निकै सीमित छ।

यो कुरा प्रधानज्यूको मुखबाट सुन्दा लाग्यो — यो केवल व्यक्तिगत गुनासो होइन, एउटा समुदायको मौन पीडा हो। नेवार समुदाय उपत्यकाको संस्कृति, अर्थतन्त्र र इतिहासको मेरुदण्ड हो। सभ्यता, कला, भाषा, परम्परा र सहिष्णुतामा यो समुदाय सदैव अग्रस्थानमा रहँदै आएको छ। तर विडम्बना के छ भने, यही समुदायका नेताहरू राजनीतिक उच्च तहमा पुग्न संघर्षरत छन्।

गणेशमान सिंहजस्ता आदर्श नेता पछि आजसम्म त्यो स्तरको विश्वास र सम्मान पाउने अर्को नाम उभिन सकेको छैन। प्रधानज्यूको कुरा सुन्दा लाग्यो — उहाँमा अझै पनि राजनीति र समाजसेवाप्रतिको उर्जा जीवित छ। तर अवसरको अभावले उहाँ जस्ता धेरै अनुभवी नेताहरू पछाडि धकेलिँदै छन्। उहाँले थप्नुभयो, “अबको राजनीति जनताले बनाउँछ। उपत्यकाका नेवारहरू आफैं एकजुट भएर आफ्नो आवाज बुलन्द गर्न सके भने फेरी नेतृत्व जन्मिन सक्छ।” त्यो वाक्यमा आशाको किरण पनि झल्किएको थियो। सायद यही आत्मविश्वासले उहाँलाई अझै राजनीतिमा सक्रिय राखेको छ।

आजको भेट छोटो थियो, तर मनमा धेरै कुरा बाँकी रह्यो। राजनीति केवल पद वा अवसरको कुरा होइन, भावनाको पनि कुरा हो — अस्तित्वको, पहिचानको, र समुदायको सशक्तिकरणको। देवेन्द्र प्रधानज्यूको मौनता केवल व्यक्तिगत पीडा होइन, त्यो एउटा पुस्ताको आवाज हो, जसले अझै आफ्नो उचित स्थान खोजिरहेको छ।

उहाँका शब्दहरूले मन छोयो — "राजनीति गर्छु, तर अवसर छैन" — यो केवल वाक्य होइन, देशका सयौँ ईमानदार नेताहरूको साझा गुनासो हो। शायद अब समय आएको छ — राजनीतिक दलहरूले समुदायको योगदान र क्षमता अनुसार अवसर बाँडून्, नत्र राजनीति केवल गुट र भागबण्डाको खेल बनेर सीमित रहन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले मतदा ...

काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगद्व ...

एनपीएलको पहिलो क्वाल ...

काठमाडौं - नेपाल प्रिमियर लिग एनपिएलको पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबी ...

दलबल सहित प्रधानमन्त ...

काठमाडौं । व्यवसायी तथा राजसंस्थावादी अभियन्ता दुर्गा प्रसाईँ प्रधानमन्त्रीसँग वार्ता गर्न सिंहदरबार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved