हेर्नुस कस्तो आउँदैछ त सुदूरपश्चिमको नीति तथा कार्यक्रम

  • जेठ १८, २०७९
  • कालापानी मिडिया
alt

धनगढीः प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम तय गर्दा बजेट खर्च हुने खालका कार्यक्रम तथा आयोजना छनोट हुनुपर्ने मान्यता छ। नीति तथा कार्यक्रममा नयाँ विषय ल्याउन संरचनात्मक परिवर्तन अनिवार्य शर्त हो।

सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षमा पुँजीगत खर्चको अवस्था निकै नाजुक रहेकाले अब आयोजनाहरूको पुनः वर्गीकरण गर्नुपर्ने अवस्था देखिएको छ। एकातर्फ स्रोत व्यवस्थापनको चाप छ भने अर्कातर्फ बजेट अनुपात्पदक क्षेत्रमा खर्च हुँदै आएको छ। यसलाई कटौती गरेर पूर्वाधार विकासलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम आउनुपर्ने आवाज उठ्न थालेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम उद्योग, पर्यटन, वन र वातारणको क्षेत्रमा नतिजामुखि हुने गरी ल्याउने तयारी गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतबहादुर श्रेष्ठले बताए। ‘आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको ड्राप्ट मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिसकिएको छ, उनले भने, कुनकुन विषय समावेश गरिएका छन भनेर सार्वजनिक हुनुअघि भन्न सकिँदैन।’ रोजगारी सिर्जना गर्न उत्पादनमुखी बजेट निर्माण र हालको समस्या समाधान गर्ने गरी नीति तथा कार्यक्रम निर्माणमा जुटेको प्रदेश सरकारको दाबी छ।

वितरणमुखीभन्दा परिमाणमुखी बजेट निर्माण गर्नुपर्ने बाध्यता छ। जिम्मेवार भएर कुन तहको काम कस्तो हो, त्यसमा आधारित भएर नीति तथा कार्यक्रम निर्माण गर्नु अपरिहार्य छ। त्यसैको आधारमा आगामी बजेट ल्याउने गरी समेत तयारी भइरहेको सम्वद्ध अधिकारीहरुले बताएका छन्। आगामी नीति तथा कार्यक्रमका लागि विषयगत मन्त्रालयहरुले ड्राप्ट मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिसकेका छन्।

मन्त्रालयमा वृहत छलफलपछि प्राप्त सुझाव सल्लाहको आधारमा नीति तथा कार्यक्रमको ड्राप्ट १० दिन अगाडि नै सम्बन्धित निकायमा पेश गरिसकेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहराले बताए। ‘ड्राप्टमा उल्लेखित विषयमा थपघट गर्नुपर्ने गरी छलफल चलिरहेको छ, उनले भने, केहिदिनभित्रै सार्वजनिक गर्ने गरी आवश्यक तयारी तीव्र पारिएको छ।’ सुदूरपश्चिम प्रदेश सरकारले एक साताभित्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताएको छ।

अधिकांश पुरानै र केही नयाँ कार्यक्रम थप गरेर आगामी नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको हो। विषयगत मन्त्रालयले पठाएको नीति तथा कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा समेत छलफल भएर मुख्य सचिवसम्म नीति तथा कार्यक्रमका फाइलहरु पेश गरिसकिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता नवराज ओझा बताउँछन्।

‘बैठकमा नीति कार्यक्रमको विषयमा छलफल भएर मुख्य सचिव सक्षम फाइलहरु पेश भइसकेकाले केही समयभित्रै सार्वजनिक गर्ने गरी काम भइरहेको छ,’ उनले भने। प्रदेशको नीति तथा योजना आयोगले यसअघि नै पञ्चवर्षीय योजनासहित आगामी आर्थिक वर्षका लागि २५ अर्वको बजेट सिलिङ पठाइसकेको छ।
दिनेश खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved