काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा भएको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला घरेलु टोलीसँग ८ विकेटले पराजित हुँदै नेपालले टुंग्याएको छ। आइतबार साँझ सम्पन्न खेलमा नेपालले दिएको एक सय २९ रनको लक्ष्य स्कटल्यान्डले केवल १९ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो।
स्कटल्यान्डका क्यालम म्याकलियोडले ६४ रनको पाली खेले। कायल कोएट्जरले अविजित रहँदै ४४ रन बनाए। नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट हात पारे।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved