एजेन्सी । फ्रान्स युरोपियन महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्स लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि खेलको १ सय २ औं मिनेटमा इभ पेरिसेटले गरेको गोल नै निर्णायक बन्यो ।
योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा स्वीडेन, जर्मनी र इंग्ल्याण्ड यसअघि नै पुगिसकेका छन् ।
अब फ्रान्सले फाइनल प्रवेशका लागि आठ पटकको च्याम्पियन जर्मनीसँग खेल्ने छ । त्यस्तै स्वीडेनले घरेलु टोली इंग्ल्याण्डको सामना गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved