सुदूरपश्चिमका थप २ क्रिकेट खेलाडीले प्रोत्साहन रकम पाउने

  • मंसिर २४, २०८१
  • कालापानी मिडिया
alt

कंचनपुर । सुदूरपश्चिम प्रदेशका थप २ जना खेलाडीले प्रोत्साहनस्वरुप एक वर्ष मासिक पारिश्रमिक पाउने भएका छन्।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले प्रदेशबाट नियमित रुपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका एकजना महिला र एकजना पुरुष खेलाडीलाई मासिक १५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम दिने भएको हो। मासिक रुपमा प्रोत्साहन रकम पाउनेमा बैतडीका दीपक बोहरा र बझाङकी अनु कडायत रहेका सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए। प्रदेश क्रिकेट संघले निकट भविष्यमै अन्य खेलाडीलाई पनि प्रोत्साहन भत्ता दिने तयारी गरिरहेको छ।

एमबी ग्रुप डडेल्धुराको प्रायोजनमा दुवै खेलाडीले मासिक रुपमा प्रोत्साहन रकम पाउनेछन्। डिसेम्बर १ देखि लागू हुने गरि दुवै खेलाडीलाई मासिक रुपमा प्रोत्साहन रकम दिने गरि प्रायोजन सम्झौता भएको एमबी ग्रुपका प्रबन्धकले बताए।

सम्झौता भएसँगै एमबी ग्रुपले एक वर्षसम्म दीपक र अनुलाई मासिक रुपमा १५ हजारका दरले प्रोत्साहन रकम प्रदान गर्नेछ। दीपक र अनुले सुदूरपश्चिमबाट निकैवटा राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट पनि सहभागिता जनाइसकेका छन्।

यसअघि नेपाल क्रिकेट संघ (क्यान)बाट मासिक रुपमा सुदूरपश्चिम प्रदेशका ५ खेलाडी प्रोत्साहन रकमका लागि छानिएका थिए। सुदूरपश्चिम प्रदेश क्रिकेट संघले ३ जना पुरुष र २ जना महिला गरि ५ जना खेलाडी छनोट गरेको थियो।

क्यानबाट मासिक प्रोत्साहन रकम पाउनेमा सुदूरपश्चिम प्रदेशका पुरुष खेलाडीतर्फ खडक बोहरा, किरन ठगुन्ना, शेर मल्ल र महिला खेलाडीतर्फ सावित्री धामी र स्नेहा महरा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कि प्रधानमन्त्री फेर ...

काठमाडौं । कलाकार दीपकराज गिरीले देशको प्रधानमन्त्रीलाई सम्मान गर्दा अपमानबोध गर्न नपर्ने बताएका छन् ...

म माथि राजनीतिक प्र ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदा ...

स्वदेशी उद्योग, कलका ...

काठमाडौं । नेपाल डेरी एसोसिएसन र नेपाल कृषि तथा पशुपन्छि व्यवसायी संघले स्वदेशी उद्योग, कलकारखानाको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved