काठमाडौं । विश्व विजेता इटालीका चर्चित गोलकिपर जियानलुइजी बुफोन नेपाल आउने भएका छन् । केपी ओली कप फुटबलको फाइनलमा बुफोन नेपाल आउन लागेका हुन् ।
केपी ओली कपको आयोजक नेपाल युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले बुफोन नेपाल आउने जानकारी दिनुभएको हो । यसअघि ब्राजिलका चर्चित खेलाडीहरू रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई प्रस्ताव गरेकोमा समय नमिलेपछि अहिले इटालीका गोलकिपर बुफोनलाई नेपाल ल्याउन लागेको अध्यक्ष थेबेले बताए ।
बुफोनले सन् २००६ को फिफा विश्वकप जितेका छन् । उनी सबैभन्दा धेरै १ सय ७६ अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । बुफोनले इटालीका लागि ८० वटा खेलमा कप्तानीसमेत गरेका छन् ।
२ विदेशीसहित ९ वटा टोली सहभागी हुने केपी ओली कपको तेस्रो संस्करण पर्सि आइतवारदेखि शुरू हुँदैछ । प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved