आजदेखि भारतबाट बिहान १२ घण्टा मात्रै विद्युत आयात हुने

  • चैत ३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आजदेखि भारतबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १२ घण्टा मात्रै विद्युत आयात हुने भएको छ । दैनिक २० घण्टासम्म आयात भैरहेकोमा अब १२ घण्टामात्रै आयात हुँदा ओद्योगिक क्षेत्रमा बिजुली कटौतीको सम्भावना देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यसअघिकै सम्झौताअनुसार भारतले सोलार आवरमा मात्रै बिजुली दिन लागेको हो । भारतले रातमा बिजुली नदिए पनि कुनै समस्या नआउने प्राधिकरणको भनाइ छ । अहिले माग घट्दो र उत्पादन बढ्दो अवस्थामा रहेकाले कुनै समस्या नआउने गरी व्यवस्थापन गर्ने प्राधिकरणले बताएको छ ।

हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गरिँदै आएको छ । गएको मंसिरमा हिउँदयाममा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले मार्च १५ अर्थात चैत २ गतेसम्म दिनको २० घण्टा र मार्च १६ देखि जुन ३० सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्ममा मात्रै आयात गर्ने अनुमति दिएको थियो ।

मार्च १६ पछि पनि दैनिक २० घण्टा बिजुली आयात गर्न दिन भारतलाई आग्रह गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भारतको विद्युत मन्त्रालयले छलफल गरेर जानकारी दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
काठमाडौँको बल्खुमा र ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मंगलबार बल्खुमा आयोजना विशाल जनप्रदर्शन गरेक ...

सरकार नसुध्रीए बाल ...

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द ...

आज काठमाडौंमा राप्रप ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार राजधानीमा विरोध प्रदर्शन गर्दैछ। विभिन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved