दलहरुले भोट बैंकको रुपमा प्रयोग गरे मुसहर समुदाय ।

  • पुस ९, २०७६
  • कालापानी मिडिया
alt

सिराहा
सिरहाको गोलबजार नगरपालिका १० स्थित धोवियाधारमा रहेका ४० घरपरिवार मुसहर समुदाएको चिसोले जनजीवन प्रभावित भएको छ । हुस्सु र शितलहरले तराइनै चिसिएको बेला वस्तिका स्थानीयहरु जाडोले कठ्याङ्ग्रिएका छन् ।
तीन छोरी र श्रीमति सहित पाँच जनाको परिवार रहेका लालदेब सदाय खरले बारेको छाप्रोमा बस्छन् । मुस्किले चिसो शिरेटो छेक्ने छाप्रोभित्र चिसो भुईमा परालमा लागइएको उनिहरुको ओछ्यान कहिले तात्ने उपाय नै छैन । बालबच्चा रातभरी जाडोले कठाङग्रीदै रुन थालेपछि आगो तापेर रात बिताउनु परेको उनिहरुको गुनासो छ ।
लालदेव मात्र हैन बस्तिका सवैजसो समुदायको अवस्था उस्तै छ । लालाबाला सहित ५ जनाको परिवार रहेको बुधनी सदाय बाँसले उभ्याइएको र खरले छाएको छाप्रोमा बस्छन् । श्रीमान दिनभरी अरुको घरमा काम गर्ने र उतै रक्सिले मातिएर बस्ने भएपछि परिवार एक्लो बुधनीको कमाईले चलेको छ । उनले न राम्रो घर बनाउन सकेको छ नत न्यानो कपडाकै जोहो गर्न नै ।
निर्वाचनताका ठूला ठूला सपना बाढेका नेताहरु शितलहरको शास्ति खेपिरहेको बस्तिमा कहिल्यै देखा परेनन् । राजनीतिक दलका नेताहरुले आफूलाई भोट बैंकको रुपमा प्रयोग गरेको उनिहरुको भनाइ छ । जाडोले बस्तिका बालबालिका अनि वृद्धवृद्धा अप्ठ्यारोमा परेको भएपनि कहि कतैबाट सहयोग नआएको उनिहरुको दुखेसो छ ।
सिरहाको विभिन्न टोलमा गरी करिव ५० हजारको हाराहारीमा मुसहर समुदायहरुको बसोवास छ । ९८ प्रतिशत भूमिहीन रहेको मुसहर समुदाय आर्थिक अवस्था कमजोर भएकै कारण प्राकृतिक प्रकोपबाट समेत पीडित हुनु परेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजको मौसम - देशका वि ...

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। कोशी प्रदेशलगायत देशको पहाडी भ ...

यु-१९ महिला विश्वकप ...

काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स ...

संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved