गौरा पर्वको उत्तम साइत भदौँ ७ गते, कसैलाई पनि भ्रमित नहुन आठोला पञ्चाङ्गको अनुरोध

  • श्रावण २२, २०८०
  • कालापानी मिडिया
alt

कञ्चनपुर । सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको उत्तम साइत भदौँ ७ गते नै रहेकाले भदौं ७ मै मनाइने भएको छ । वर्षौदेखी सुदूरपश्चिममा जनतामाझ लोकप्रिय रहेको प्रख्यात अठोला पञ्चाङ्गले सोमबार प्रेस विज्ञप्ति नै निकालेर गौरा पर्व भाद्र ७ गते नै मनाउँदा शास्त्र सम्मत र लोक हितमा हुने बताएको हो ।
गौरा पर्व भदौँ ७ गते कि २१ गते मनाउने भन्नेमा मतभेद देखिएका बेला अठोला पञ्चाङ्गले पञ्चाङ्ग निर्णायक समिति द्वारा जारी विज्ञप्ति लाई नै आधार मानेर यस वर्षको गैरा पर्व मान्न मनाउन सवैलाई अनुरोध समेत गरेको छ ।

धार्मिक मान्यता अनुसार भदौ ७मा गौरा मनाउने तिथि मिति भएको परिवेशमा धार्मिक बिखण्डन र बिचलन ल्याउन केहि तत्व लागि परेको र विभिन्न संचार माध्यमले समेत भ्रामक प्रचारप्रसार गरेकोप्रति अठोला पञ्चाङ्गले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
गौरा पर्व भाद्र शुक्ल अष्टमीमा मनाइने पर्व हो तर यसवर्ष भने अधिकमास परेकाले सो तिथि कन्यार्क अर्थात असोज ८ गते परेको र कन्यार्र्कमा गौरा पर्व मनाउन नमिल्ने समेत अठोला पञ्चाङ्गको निष्कर्ष छ ।

विज्ञप्तिमा भनिएको छ, गौरापर्व भाद्र शुक्ल अष्टमीमा मनाइने पर्व हो, तथापि यस वर्ष अधिकमास परेको कारणले सो तिथि कन्यार्क अर्थात असोज ८ गते परेको छ । तसर्थ कन्यार्कमा गौरापर्व मनाउन मिलेन । त्यसैगरी त्यो भन्दा अघिल्लो भाद्र कृष्ण अष्टमीमा पनि गौरापर्व मनाउने प्रचलन भएपनि ज्योतिर्गणितको अगस्त्योदयको सुत्र अनुसार सुर्यले १ सय ३४ अंश ३ कला ४५ विकला भोग गर्दा भाद्र १५ गते नै अगस्त्योदय हुने र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाद्र २० गते २८ ः ३ बजे अगस्ती उदय भई सक्ने हुँदा, ३ दिन पूर्व नै गर्भदोष लाग्ने मान्यता रहेका कारण भाद्र कृष्ण अष्टमीका दिन पनि दुर्वाष्ठमी ९ गौरापर्व० को व्रत गर्न नमिल्ने बताएको छ ।
धर्म सिन्धुको उल्लेखित वचनवाट भाद्र २० गते अगस्त्योदय हुने कुरा पुष्टि भै रहेको र “निर्णय सिन्धु तथा “ब्रतराज“ को कथनबाट समेत अगस्त्योदय पश्चात दुर्वाष्टमी व्रत गर्न नमिल्ने कुरा प्रष्ट रहेको पनि अठोला पञ्चाङ्गले जनाएको छ । बिगतका वर्षहरुमा पनि यस्तै अधिकमासको अवस्था आउँदा शुद्ध श्रावण शुक्ल पक्षको अष्टमीमा नै गौरापर्व  (दुर्वाष्टमी) मनाएको यथेष्ठ ऐतिहासिक प्रमाणहरु रहेको कुरालाई समेत मध्यनजर गरि, यस वर्षको गौरापर्व ,दुर्वाष्टमी ब्रत भाद्र ७ गते श्रावण शुक्ल अष्टमीका दिन गर्न उपयुक्त रहेको र सोहीदिन गौरा पूजनको उत्तम साईत रहेको अठोला पञ्चाङ्गले प्रस्ट्याएको छ ।

364353610_305417068817003_1988213932181885641_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved