सिरहामा पनि एक जनामा कोरोनाको आशंका, परीक्षणकालागि काठमाडौं ल्याइदै

  • चैत्र ११, २०७६
  • कालापानी मिडिया
alt

मुकेश कुमार यादब, सिरहा । सिरहाको औरही गाउँपालीका ५ बाट एकजनालाई कोरोना भाईरस (कोभिड १९) आशंकमा जनकपुर लगिएको छ ।

दुवैबाट हालै घर आएका उनलाई अत्यधिक जरो आएपछि आज विहान कोरोना संक्रमण अशंकामा जनकपुर लगिएको बताइएको हो ।
दुवैबाट गत ७ गते घर आएका उनी परिवारसँगै बस्दै आएका थिए । उनलाई जनकपुरबाट थप उपचारको लागि काठमाडौं लाने तयारी भईरहेको वडाअध्यक्ष दिलिप यादवले जानकारी दिए । उनलेभने, ‘मेरो अहिले भर्खरै कुरा भएको थियो, उनलाई आशंका देखिएकोले काठमाडौं पठाउने तयारी भईरहेको छ ।’

वडा अध्यक्ष यादवले उनी आएपछि गाउँ मै बसेको र उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी उनीहरुलाई सुरक्षीत तरीकाले राख्ने प्रवन्ध मिलाउन उनकै घरतर्फ गई रहेको जनाए । उनलेभने, ‘म सुरक्षा निकायसँगै उनकै घरतिर जाँदै छु, उनीहरुलाई आ–आफ्नै घरमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउँछौं ।’

वैदेशिक रोजगारीबाट आएका र कामगर्न वा घुम्न भारत गएकाहरु पनि यो विचमा धेरै प्रवेश गरेकाले सिरहा लगायत तराईमा जोखिम देदिएको बताइन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजबाट स्वस्थानी व्रत ...

काठमाडौं । आजबाट स्वस्तानी व्रतकथा सुरु भएको छ ।वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवताला ...

हेर्नुस २०८१ साल पुस ...

काठमाडौं । आज २०८१ साल पुस २९ गते सोमबार तदनुसार सन् २०२५ जनवरी १३ तारिख। पुस शुक्ल पक्षको पूर्णिमा ...

पृथ्वीनारायण शाहकै क ...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपालीले अहिले सार्वभौम र स ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved