जनकपुर आँखा अस्पतालको व्यवस्थापनका कारण बिरामीलाई सास्ती

  • पुस ९, २०७६
  • कालापानी मिडिया
alt

धनुषा ।
जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा व्यवस्थापन पक्षको कमजोरी तथा आन्तरिक किचलोका कारण उपचारकालागि आउने बिरामीको संख्यामा कमी आएको छ । अस्पताल यन्त्र, भौतिक संरचनादेखि व्यवस्थापकीय दृष्टिकोणले धारासायी हुँदै गईरहेको बेला अस्पताल परिसर बाहिर चश्मा तथा औषधीका व्यवसायीहरु जानकी आँखा अस्पताल सुधार संघर्ष समिति गठन गरेर आन्दोलित नै बनेका छन् ।

संघर्ष समितिले अस्पतालमा दक्ष मेडिकल डाइरेक्टर नभएकै कारण अस्पताल दिन प्रतिदिन धारासायी हुँदै गईरहेको आरोप लगाउदै आन्दोलन थालेको हो । अस्पतालको मेडिकल डाइरेक्टर एमडी हुनुपर्ने प्रावधान रहेपनि डिप्लोमा डिग्री मात्रै योग्यता रहेका हेमशंकर झा भनसुनका आधारमा वर्षौदेखि मेडिकल डाइरेक्टर पोस्टमा रहँदै आएको आरोप समितिको छ ।

यता,मेडिकल डाइरेक्टर झाले आफूमाथि संघर्ष समितिले लगाएको आरोपहरु निराधार रहेको बताउछन् । उनी आफू मेडिकल डाइरेक्टर बन्नका लागि पैरवी नगरेको बरु व्यवस्थापन समितिले नै पटक पटक आफूलाई आग्रह गरेको र आफू कन्ट्रयाक्टको आधारमा अस्पताललाई सेवा प्रदान गर्दै आएको बताउँछन् ।

जानकी आँखा अस्पतालमा ८० प्रतिशत नेपाली बिरामीहरु र २० प्रतिशत भारतीय बिरामीहरु जाँच गराउँदै आईरहेका छन् । सन १९८२ मा स्थापना भएको यस अस्पतालमा दैनिक ४ सय देखि ५ सयसम्म बिरामीले ओपिडी सेवा र ४० देखि ५० जना बिरामीले सर्जरी सेवा लिदै आएका छन् । तर अस्पतालका प्राय चिकित्सकहरुले भने भिठामोड नाकामा अस्पतालकै नाउँमा निजि क्लिनक संचालन गर्दै आरोप पनि छ ।

उनीहरुले आफ्नो निजि क्लिनीकमा समेत आँखा अस्पतालकै लेटर पैडको प्रयोग गर्दै आईरहेको छन् । यस आरोपलाई स्वीकार गर्दै मेडिकल डाइरेक्टर झाले समस्या समाधानका लागि चाँडै पहल गर्ने प्रतिवद्धता त गरे तर भताभुङग भएको अस्पत्तालको व्यवस्थापन गर्दै विरामीलाई उचित सेवा दिन भने अस्पत्राललाई समय लाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजको मौसम - देशका वि ...

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। कोशी प्रदेशलगायत देशको पहाडी भ ...

यु-१९ महिला विश्वकप ...

काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स ...

संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved