नवलपरासी ।
पूर्वि नवलपरासीको देवचुलीमा रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा सुविधा सम्पन्न शव गृह सञ्चालनमा आएको छ ।
देवचुली नगरपालिकाको आर्थिक सहयोगमा निमार्ण भएको शव गृह पौषदेखि सञ्चालनमा आएको हो । पुरानो शवगृह भौतिक रुपमा जिर्ण तथा प्राविधिक असुविद्याले गर्दा नयाँ शव गृह निमार्ण गरी सञ्चालनमा ल्याईएको हो । नयाँ शवगृहमा पानि, बत्तिको सुविद्या, पोष्टमार्टमका लागी खुल्ला ठाऊँ, एकै पटकमा २ शव पोष्टमार्टम गर्न सकिने, अन्य शवहरु राख्न सकिने ब्यवस्था रहेको मेडिकल अधिकृत डाक्टर आशिषबावु अर्यालले बताउनुभयो । करिव १० लाख रुपैया लागतमा सम्पन्न नयाँ शव गृहमा ३ ओटा शवको पोष्टमार्टम गरिसकिएको छ । जिल्लामा रहेको सरकारी अस्पताल मध्ये दुम्कौली प्राथमीक स्वास्थ्य केन्द्रमा मात्र पोष्टमार्टम हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved