पश्चिम नवलपरासीको सुनवलमा कृषि सहकारी बजार संचालन

  • पुस ९, २०७६
  • कालापानी मिडिया
alt

पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा कृषि सहकारी बजार संचालनमा आएको छ । करिव १ करोड ५० लाखको लागानी कृषि सहकारी बजार संचालन गरिएको हो ।

कृषि सहकारी बजार संचालनका निम्ती प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, साना किसान सहकारी संस्था लि. रामनगर भुमही तथा सुनवल नगरपालिकाको सहयोग रहेको छ । कृषकहरुले चर्को मुल्यमा विउमल किनी उत्पादन गरेका वस्तुहरु विचौलियाहरुलाई वेच्दा त्यसको फाइदा विचौलियाहरुलाई हुने र किसानहरुलाई फाइदा नहुदा उनिहरुमा उत्साहा नहुने र छिमेकी देश हरुबाट आयातित तरकारीहरुमा विषादीको मात्रा वढि हुने जस्ता कारणले कृषि सहकारी बजारले किसानहरुलाई विषादी रहित शुद्ध अगार्निक तरकारीहरु लगाउन सिकाउने साथै उनिहरुले उत्पादन गरेका सवै वस्तुको खरिद विक्रि गर्ने र कृषिकहरुमा उत्साहा थप्ने योजना कृषि सहकारी बजारको रहेको छ ।
त्यस्तै कृषकहरुले आफुलाई आवश्यक वस्तु सहकारी बजारबाट आफ्नो उत्पादीत वस्तु सँग साट्न समेत पाउने गरि पैचो पसलको अवधारण अनुरुप कृषि सहकारी बजार संचालन गरिएको छ । त्यस्तै शुद्ध अर्गानिक वस्तुहरु मात्र राख्ने र स्वदेशी उत्पादनहरु मात्र कृषि सहकारी वजारमा खरिदविक्री गरी बजारलाई पश्चिम नवलपरासीको सुनवल , रामग्राम र वर्दघाट नगरपालिका का साथै प्रदेश स्तरीय बनाउने लक्ष्य रहेको कृषि सहकारी बजार संचालनि समितिका अध्यक्ष उपेन्द्रमान श्रेष्ठ बताउनुहुन्छ ।
कृषि वजारमा दाल चामल र तरकारीहरु मात्र नभई किसनाहरुले उत्पादन गरेका धान गहुँ मकै र खशि वोका समेत खरिद गर्ने विक्रि गर्ने साथै तरकारीहरु चिस्यायन केन्द्रमा राखेर काठमाडौं, चितवन वुटवल लगाएतका ठाउँहरुमा थोक विक्रि गर्ने गरि कृषि बजार संचालन गरिएको छ भने वढि वस्तुहरु २० देखि ३० हजार सम्म सहकारी बजारमा वेच्न ल्याउनेलाई नाफाको २ प्रतिशत उपलब्ध गराई किसानालई लाभान्वीत गराउने योजना रहेको अध्यक्ष क्षेष्ठको भनाई छ ।
उत्पादीत वस्तुको बजारीकरण, किसानहरुलाई उत्साहा र उपभोत्तालाई शुद्ध आर्गानिक वस्तुको उपलब्धताका निम्ती संचालन गरिएको कृषि सहकारी बजार रोजगारी , आर्थिक उपार्जन, गरिव न्युनिकरण र स्वास्थ्यका दृष्टिकोणले समेत प्रभावकारी मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजको मौसम - देशका वि ...

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। कोशी प्रदेशलगायत देशको पहाडी भ ...

यु-१९ महिला विश्वकप ...

काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स ...

संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved