त्रिभुबन विमानस्थलमा पास आतंक: सरस्वति र कल्पनालाई छुटाऊन जम्मर कट्टेलको फोन

  • पुस १०, २०७६
  • कालापानी मिडिया
alt

 काठमाडौ ।

काठमाण्डौ बिमानस्थलको सरसफाईको ठेक्का पाएको मिसन ईनोभेटीभ एच.आर. जेभीकी सहायक म्यानेजर कल्पना थापा र सरस्वती बुढाथोकीलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

संकास्पद गतिविधिमा संलग्न रहेको भन्दै यसअघि नै अध्यागमनको निर्णय र निर्देशनमा सर्भर मै ब्लक गरिएको पास देखाएर बिमानस्थलको चेक ईन एक नंवर गेटबाट प्रवेश गरेपछि अध्यागमनले तत्काल गेट नंबर दुई बाट नियन्त्रणमा लिएर छानवीन अघि बढाएको छ । सरसफाईको ठेक्का पाएको ऊक्त मिसन ईनोभेटीभ कम्पनिले यसअघि नै ४ जना नक्कली कर्मचारी देखाएर पास जारी गराएकोमा हाल पास नविकरणका क्रममा बिमानस्थल कार्यालयले ति संकास्पद पास माथि छानवीन अघि बढाई रहेको वेला हिजो दिऊँसो यो घटना भएको हो ।

कम्पनिले नक्कली पास जारी गराएर पास दुरूपयोग गरेर विमानस्थल बाट अबैध धन्दा सञ्चालन गरिरहेको आशंका कै बीच प्रहरीले पास दुरूपयोग गर्नेहरू माथि निगरानी बढाएको जनाएको छ । प्रहरीले यसअघी नै सोही कम्पनीले नक्कली विवरण देखाएर जारी गराएको सुपरभाईचर सन्न्जु साही नाममा जारी भएको ११६०७ नंबरको पास र सरस्वती बुढाथोकीको नाममा जारी भएको पास नं ११५९५ लाई कालो सूचीमा राखेको जनाएको छ । 

हिजो दिऊँसो अध्यागमनको आँखा छल्दै के प्रयोजनका लागि सरस्वति बुढाथोकीलाई विमानस्थल भित्र लगियो भन्ने बिषयमा प्रहरीले पास नं ११३३४ वहाक कल्पना थापालाई समेत निगरानीमा राखीएको जनाएको छ । तर पनि अनुसन्धान कै क्रममा माओवादी मजदुर संगठनको दवाबमा ३ नंवर प्रदेशका आन्तरिक मामीला तथा कानुन मन्त्री शालीकराम जम्मरकट्टेलले निरन्तर दवाब दिएपछि प्रहरीले खोजेको समयमा हाजीर हुने शर्तमा कल्पना र सरस्वती दुबैलाई छाडेको प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजको मौसम - देशका वि ...

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। कोशी प्रदेशलगायत देशको पहाडी भ ...

यु-१९ महिला विश्वकप ...

काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स ...

संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved