आज यो वर्षकै सबैभन्दा चिसो, सावधानी जरुरी, यस्तो छ शनिबारसम्मको मौसम पूर्वानुमान

  • पुस १०, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा चिसो भएको छ । बिहीबार बिहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ ।

बिहान ५ः४५ बजे काठमाडौंको तापक्रम १ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । जल था मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान गरेको मापनमा यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।

यसअघि बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २।९ डिग्री सेल्सियस रहेको थियो । अधिकतम तापक्रम १६।७ डिग्री रहेकामा बिहीबार पनि १६ देखि १८ डिग्री रहने पूर्वानुमान गरिएको छ ।

बिहीबार सबैभन्दा कम जुम्लाको तापक्रम माइनस ६।४ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार जुम्लामा माइनस ६/५ डिग्री थियो ।

बिहीबार देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन ।

राति देशको मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

बिहानको समयमा तराईमा हुस्सु र कुहिरो लागेकाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध समेत गरिएको छ ।

शुक्रबारको पूर्वानुमानः देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। देशको मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ।

शनिबारको पूर्वानुमानः दिउँसो देशका पूर्वी पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भभागमा सामान्यतया मौसम सफा रहने छ। राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजको मौसम - देशका वि ...

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। कोशी प्रदेशलगायत देशको पहाडी भ ...

यु-१९ महिला विश्वकप ...

काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स ...

संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved