धनुषा,
मंसिर २७ गते धनुषाको महेन्द्रनगरमा भएको विस्फोटमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ राहत दिने भएको छ।
आइतबारको प्रदेश मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तीन लाख र घाइतेको उपचारका लागि डेढ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
घटनाको भोलिपल्ट स्थलगत निरीक्षणमा पुगेका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारलाई राहत र घाइतेको उपचार खर्च प्रदेश सरकारले उपलब्ध गराउने बताएका थिए। विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहाल, मेडिकल व्यवसायी राजेश साह र उनको छोरा आनन्दको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved