बेगनासमा माछाका भुरा छाडियो

  • पुस १४, २०७६
  • कालापानी मिडिया
alt

कास्की,

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले बेगनासतालमा माछाका भुरा छोड्नु भएको छ ।

बेगनास मत्स्य व्यवसायी समितिले आयोजना गरेको कार्यक्रममा माछा छाड्दै कोइरालाले माछामा आत्म निर्भर बन्न सवै तालमा माछा पालन गर्नुको विकल्प नभएको बताउनुभयो । कोइरालाले पहिले–पहिले तालमा माछाका भुरा मात्रै छाड्ने गरेको जानकारी आफुलाई रहेपनि अहिले भने झण्डै आधा केजीकै माछा पनि छोडिएकोले उत्पादन बढि लिन सकिने बताउनु भयो ।

तालको माछा मारेर, डुङगा चलाएर जिविको पार्जन गर्नेहरुलाई पनि स्थानीय सरकार, प्रदेश र संघिय सरकारले विशेष ख्याल गर्नुपर्ने कोइरालाको जोड थियो । बेगनासमा २ लाख मुल्य बराबरको माछाका भुरा छोडिएको हो । बेगनासतालबाट अहिले बर्षेनी १५ देखि २० मेट्रिक टन माछा उत्पादन हँुदै आएपनि ब्यबस्थित किसीमले पाल्नेहो भने बेगनास तालबाट मात्रै ४० मेट्रिक टन भन्दा बढि माछा पाल्न सकिने विज्ञहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजको मौसम - देशका वि ...

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। कोशी प्रदेशलगायत देशको पहाडी भ ...

यु-१९ महिला विश्वकप ...

काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स ...

संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved