भ्रमण वर्षको मुलुकभर भव्य रूपमा शुभारम्भ गरिँदै

  • पुस १६, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं ।

नेपाल भ्रमण वर्ष २०२० आज भव्य रुपमा शुभारम्भ गरिँदैछ । मुलुकमा २० लाख पर्यटक भित्र्याउने र पर्यटकलाई अर्थतन्त्रको मुख्य अंगका रुपमा स्थापित गर्ने उदेश्यले नेपाल भ्रमण वर्ष २०२० तय गरिएको हो । सिंगो देश भ्रमण वर्षको आयोजक बनेको छ ।

एक वर्षको निरन्तर प्रयास र एक सय भन्दा बढी स्वदेशी तथा विदेशी निकायसँगको छलफल तथा सहकार्यपछि भ्रमण वर्ष शुभारम्भ तयारी पूरा भएको हो । पर्यटकलाई बिशेष अनुभव गराउन लाइफटाइम एक्सपेरेन्स’ भन्ने नारासहित भ्रमण वर्ष मनाइँदैछ । भ्रमण वर्षको लोगोसहित यस बीचमा थुप्रै कार्यक्रम भइसकेका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रम तयारी गरिएको हो । भ्रमण वर्षको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीबाट गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्री केपी ओली सम्बोधन गर्नुहुनेछ ।

राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० र अंग्रेजी नयाँ वर्षको अवसरमा छुट्टाछुटै शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा मुलुकको विकास र समृद्धिमा एक जुट हुन सबैलाई आव्हान गरिएको छ ।

कार्यक्रममा छिमेकी मुलुक भारत र चीनबाट मन्त्रीस्तरीय प्रतिनिधि सहभागी हुनेछन् । छिमेकी मुलुकका पाहुना कार्यक्रममा सहभागी हुन काठमाडौंमा आइसकेका छन् । कार्यक्रममा वैदिक मन्त्रोच्चारणका साथै १ सय ८ वाद्ययन्त्र बजाइनेछ । नेपालको सभ्यता र संस्कृति झल्काउने झाकी समेत प्रस्तुत गरिनेछ । समारोहमा सामाजिक संघ संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले मार्चपास गर्नेछन् । कार्यक्रम १८ देशका ३५ सञ्चारमाध्यमले विशेष रुपमा प्रचार गर्नेछन् ।

भ्रमण वर्ष २०२० लाई मुलुकभर ‘राष्ट्रिय उत्सवको रुपमा मनाइँदैछ । प्रदेश सरकारले पनि भ्रमण वर्षलाई बिशेष उत्सवको रुपमा मनाउँदैछ । ७ वटै प्रदेश राजधानीमा मुख्यमन्त्रीबाट पर्यटन भ्रमण वर्ष शुभारम्भ गर्ने कार्यक्रम छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत भ्रमण वर्ष भव्य रूपमा मनाउने कार्यक्रम छ । विदेशमा जनवरी ७ मा भ्रमण वर्ष शुभारम्भ गर्ने कार्यक्रम छ ।

पर्यटन विकासका लागि सन् २०२० लाई प्रस्थान विन्दु र २०३० सम्मको अवधिलाई पर्यटन दशक अभियानको रुपमा मनाइउने सरकारको योजना छ । भ्रमण वर्षले राष्ट्रिय एकता र जनताबीच सुमधुर सम्बन्ध बनाई सुखी नेपाली समृद्ध नेपालको परिकल्पना सफल बनाउन सार्थक हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजको मौसम - देशका वि ...

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। कोशी प्रदेशलगायत देशको पहाडी भ ...

यु-१९ महिला विश्वकप ...

काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स ...

संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved